Shikhar Insurance

सरकारले बीमा क्षेत्रलाई माया गर्यो, अब लघु बीमाको लाइसेन्स दिन्छौं

सुर्य प्रसाद सिलवा- अध्यक्ष, बीमा समिति
२०७९ जेष्ठ १५, आईतवार २०:४४
NIMB
Nabil Bank

अघिल्ला वर्ष बजेटमा बीमा क्षेत्रका बिषय समेटिएर १/२ वटा बुँदामात्रै आउँथ्यो । यस पटकको बजेटमा सरकारले बीमा क्षेत्रका धेरै कुरा समेटेर छुट्टै शिर्षकमै आएको छ । हाम्रो लागि यही नै ठुलो उपलब्धि हो । यसको अर्थ सरकारले बीमालाई आत्मासाथ गरेको हो । ‘बीमा भनेको रिस्क ट्रान्फर गर्ने मेकानिजम रहेछ, यसलाई हामीले स्वीकार गर्नुपर्ने रहेछ’ भन्ने भाव राखेर सरकारले बजेटमा बीमा क्षेत्रलाई समेटको छ ।

यस पटकको बजेटले बीमाका धेरै पक्षलाई सम्बोधन गरेको छ । सरकारले बजेट वक्तव्यमा भनेका कुराहरुलाई कार्यक्रम बनाएर कसरी उपलब्धीमा परिणत गर्ने त्यसमा अब बीमा समितिले काम शुरु गर्छ ।

Citizen Life
Kumar Bank
Nepal Life

बजेट वक्तव्यमा बीमालाई उत्पादन र उत्पादत्वसँग जोड्ने भनेको छ, त्यो भनेको धेरै ठुलो कुरा हो । बीमालाई उत्पादन र उत्पादत्वसँग कसरी जोड्ने ? त्यसमा हामी कार्यक्रम बनाएर काम गर्छाै ।

त्यस्तै, बजेटमा जडिबुटी, खेलाडीको बीमा गरिने भनेको छ, गरिब सिमान्कृत जनतामा पुग्नको लागि र कृषि क्षेत्रलाई पुर्ण रुपमा समेट्नका लागि लघुबीमा कार्यक्रम ल्याउने । जसका लागि छुट्टै कम्पनीहरु ल्याइने भनिएको छ ।

सोही अनुसार कृषि तथा पशुपन्छीलाई समेट्ने गरी लघुबीमाका स–साना कम्पनीहरु आगामी आर्थिक वर्षमै आउँछन् । त्यसका लागि समितिले यसअघि नै अध्ययन पनि गरिसकेको छ । अब समितिले थप अध्ययन गरी अध्ययन प्रतिवेदनले देखाए अनुसारका दायरा तोकि नयाँ कम्पनीहरुका लागि लाइसेन्सको आह्वान गर्छ ।

लघुबीमा कम्पनीहरु आएसँगै बीमाको फाइदा धनी वर्गले मात्र नभएर गरिबले समेत लिन पाउनेछन् ।

बीमाको दायरा बढाउनको लागि २५ हजार रुपैयाँसम्मको कर छुटको व्यवस्थालाई ४० हजार रुपैयाँ पुर्याइएको छ । एक घर एक बीमा कार्यक्रम, बीमा सुचना केन्द्र, बीमा कलेज स्थापना, महाविपत्ती बण्ड जारी गर्ने लगायतका धेरै बिषयहरु समेटिएका छन् । सरकारले बजेटमार्फत् बीमा समितिको काँधमा धेरै जिम्मेवारी थपदिएको छ । यो जिम्मेवारी हामी समयमै पुरा गछौं ।

बजेटले बीमा क्षेत्रको पहुँच विस्तारमा धेरै सहयोग गर्छ । बजेटले निर्धारण गरेका बीमा कार्यक्रमहरुलाई हामीले समयमै कार्यान्वयन गर्न सकेमा आगामी आवको अन्त्यमा बीमाको पहुँच ७÷८ प्रतिशतले थप हुने निश्चित छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्