Shikhar Insurance

सेयर बजारलाई फापेन आधा दिन कारोबार हुने पहिलो शुक्रबार

सिंहदरबार संवाददाता
२०७९ असार ३, शुक्रबार १३:४२
NIMB
Nabil Bank

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक शुक्रबार घटेको छ । विश्वमै पहिलो पटक साताको ६ दिन सेयर बजार नेपालमा खुलेको हो । सातामा ६ दिन सेयर खुल्ने व्यवस्था आएपछि आज शुक्रबार पहिलो कारोबार भयो । तर, आधा दिन मात्र खुलेको पहिलो सेयर बजारमा नेप्से परिसूचक घटेको छ ।

नेपाल स्टक एक्स्चेन्ज (नेप्से) का अनुसार आज बजार ७.५७ अंकले घटेर १९ सय ७१ दशमलव ३६ को बिन्दुमा बन्द भएको हो । त्यसैगरि ठुला कम्पनीको सेयर मापक सेन्सिटिभ इन्डेक्स ०.१८ अंकले घटेर ३ सय ८१ दशमलब १४ को विन्दुमा बन्द भएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

आज दिनभरीमा २२० स्क्रिप्टका २३ लाख ५५ हजार १ कित्ता सेयर ७३ करोड ६३ लाख १२ हजार रुपैयाँमा खरिदबिक्री भए ।

कारोबार रकमको आधारमा नेपाल दुरसञ्चार कम्पनी शीर्ष स्थानमा छ । कम्पनीको १० करोड १४ लाख ७० हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भए । त्यस्तै सेन्चुरी कर्मसियल बैंकको ६ करोड ४७ लाख ९४ हजार रुपैयाँ सहित दोस्रो र एनसिसि बैंकको ४ करोड ९ लाख २३ हजार रुपैयाँको कारोबार सहित तेस्रो स्थानमा छ ।

नेप्से परिसुचक घटेपनि आँधिखोला लघुवित्त वित्तीय संस्थाका सेयर भने पोजेटिभ सर्किट लेभलमा कारोबार भएको छ । १ बजे नै बन्द भएको बजारमा रिभर फल्स पावार कम्पनीको सेयर लगानीकर्ताहरुले सर्वाधिक ५.९३ अंकले गुमाएका छन् ।

आज कारोबारमा आएका ६० कम्पनीको सेयर मूल्य बढ्दा ११५ कम्पनीको घटेका छन् भने १७ कम्पनीको सेयर मूल्य स्थिर छन् ।

समूहगत उपसूचक १२ वटा राताम्य भएको छ भने १ वटा हरियो भएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्