Shikhar Insurance

आइएमई जनरल इन्स्योरेन्सका ग्राहक र कर्मचारीले स्टेम सेन्टरमा विशेष छुट पाउने

सिंहदरबार संवाददाता
२०७९ असार ६, सोमबार १९:११
NIMB
Nabil Bank

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स र स्टेम सेन्टर (सुगर थाइरोइड एन्डोक्राइनोलजी तथा मल्टीस्पेशियलिटी) बिच सेवा प्रदान गर्ने सम्झौता भएको छ ।सम्झौता पत्रमा आइएमई जनरल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र स्टेम सेन्नटरका अध्यक्ष डा. बजरङ्ग कुमार रौनियारले हस्ताक्षर गरे ।

सम्झौता पश्चात आइएमई जनरल इन्स्योरेन्सका कर्मचारी तथा ग्राहकहरुलाई स्टेम सेनटर बत्तीसपुतली, काठमाण्डौँमा प्राप्त हुने सेवाहरु जस्तैःप्याथोलोजी टेस्ट, रेडियोलोजी टेस्ट, फरमेसी, डेन्टल तथा अप्थाल्मोलोजीकल प्रोडक्टमा १५% सम्म छुट प्राप्त हुनेछ । सोही अवसरमा स्टेम सेन्टरबाट प्राप्त हुने प्याथोलोजीको १८९ भन्दा बढी त्यसै गरी रेडियोलोजीको ८१ भन्दा बढी डेन्टलको ३७ भन्दा बढी टेस्ट लगायत अन्य सेवाहरु समेतमा १५% सम्मको छुट प्राप्त हुने भएकोले आइएमई जनरल इन्स्योरेन्सका ग्राहकहरुले आवश्यकता अनुसारका सेवा प्राप्त गर्न सक्ने संस्थाले जनाएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

सोही अवसरमा आइएमई जनरल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले स्टेम सेन्टरसँग आवद्ध लगानीकर्ता, कर्मचारी तथा ग्राहकहरुलाई आवश्यक पर्ने निर्जीवन बीमा सम्बन्धी सम्पूर्ण सेवाहरु आइएमई जनरल इन्स्योरेन्सबाट सहज रुपमा प्राप्त गर्न सक्ने जानकारी गराए ।

 

 

 

GBIME

प्रतिक्रिया दिनुहोस्