Shikhar Insurance

सुर्या र ज्योति लाइफबीच मर्जर सम्झौता, नाम, नेतृत्व र स्वाप रेसियो के होला ?

सिंहदरबार संवाददाता
२०७९ असार १३, सोमबार ०७:५६
NIMB
Nabil Bank

काठमाडौं । सुर्या लाईफ र ज्योति लाईफबीच मर्जर सम्झौता भएको छ । आंशिक क्रस होल्डिङ समेत रहेका दुई कम्पनीका अध्यक्षहरुले मर्जर सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

सम्झौता पत्रमा सूर्या लाइफ इन्स्योरेन्सको तर्फबाट अध्यक्ष केशव प्रसाद भट्टराई र ज्योति लाइफको तर्फबाट अध्यक्ष नन्द किशोर शर्माले हस्ताक्षर गरे ।

Citizen Life
Kumar Bank
Nepal Life

हाल सूर्या लाइफको चुक्ता पूँजी २ अर्ब ४२ करोड रुपैयाँ र ज्योति लाइफको २ अर्ब २० करोड रुपैयाँ रहेको छ ।

नाम, नेतृत्व र स्वाप रेसियो के हुने भन्नेबारे कुनै ठोस समझदारी बनेको छैन् । ज्योति लाइफ नयाँ बीमा कम्पनी हो भने सुर्या पुरानै कम्पनी हो । बीमा समितिले जीवन बीमा कम्पनीहरुले पाँच अर्ब चुक्ता पुँजी पुर्याउनुपर्ने नीति ल्याएपछि मर्जरका लागि यो दोश्रो समझदारी हो । यस अघि प्राइम, गुराँस र युनियन लाइफले पनि मर्जरका लागि सम्झौता गरिसकेका छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्