Shikhar Insurance

रिलायन्स लाइफको लोगो सगरमाथामा फहराउने शेर्पा सम्मानित

सिंहदरबार संवाददाता
२०७९ असार २१, मंगलवार १९:४४
NIMB
Nabil Bank

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सको लोगो सगरमाथामा फहराउने दाकिपा शेर्पालाई सम्मान गरेको छ । बीमाकर्मी समेत रहेका शेर्पाले रिलायन्सको लोगो सर्वाेच्च शिखर सगरमाथा शिखरमा फहराएका थिए ।

सोलुखुम्बु जिल्ला महाकुलुङ गाउँपालिका वडा नम्बर १ का उनी रिलायन्स इन्स्योरेन्सका कर्मचारी समेत हुन् । उनले २०७९ बैशाख २९ गते बिहान २ बजेर २९ मिनेटमा विश्वको सर्बोच्च शिखर सगरमाथाको चुचुरोमा रिलायन्स लाइफ इन्स्योरेन्सको ब्यानर फहराएका थिए ।

Citizen Life
Kumar Bank
Nepal Life

कम्पनीका अध्यक्ष ताराचन्द केडियाले खादा र कदरपत्रले सम्मान गरे । कम्पनीले ५० लाख रुपैयाँको म्यादी जीवन बीमा पोलिसी प्रदान गरेको थियो ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्