Shikhar Insurance

पृथक अभ्यासः छोराको जन्मदिनमा एलआईसी नेपालको जीवन बीमा पोलिसी उपहार

सिंहदरबार संवाददाता
२०७९ असार २४, शुक्रबार ०५:५३
NIMB
Nabil Bank

काठमाडौं । वर्तमान नेपाली समाज विस्तारै जीवन बीमाको बारेमा सकारात्मक हुँदै गइरहेको छ ।

नेपाली जनताहरुले जीबन बीमालाई उच्चतम बचत तथा आर्थिक सुरक्षा कवजको रुपमा लिन थालेको पाइन्छ । यसै क्रममा जीबन बीमा सम्बन्धि एउटा राम्रो संस्कृतिको विकास भएको छ जस अन्तगर्त विभिन्न चाडपर्व तथा व्यक्तिगत उत्सवहरुमा हुने अनावश्यक खर्च कटौती गरि सो रकम बराबरको जीबन बीमा गराई पोलिसी बोण्ड पेपर उपहार स्वरुपदिने गरिएको छ । परिणाम स्वरुप जन्मदिन, पास्नि ,ब्रतबन्ध, विवाह आदि शुभ उत्सवहरुमा नगद तथा जिन्सि सामाग्री दिनुको सट्टा बीमा पोलिसी उपहार स्वरुप दिएको समाचार समय समयमा सुन्न पाइन्छ ।

Citizen Life
Kumar Bank
Nepal Life

यसै क्रममा, लाईफ इन्स्योरेन्स कर्पोरेशन नेपालमा विगत १९ वर्ष देखि अभिकर्ताको रुपमा कार्य गर्दै आएका सबैला न.पा–०३ , धनुषा निवासि अभिकर्ता रामभगत प्रसाद जैसवालले आफ्नो छोरा चेतन नेपाली जैसवालको १८ औं जन्मोत्सवको उपलक्ष्यमा रु. १० लाख को जीवन बीमा पोलिसी उपहार स्वरुप दिएका छन् ।

रामभगत भन्छन्, “जन्मदिनको दिन गरिने अनावश्यक खर्चलाई कटौती गरि छोरा छोरीको भविष्यको सुनिश्चित होस्, पछि पढाई लेखाइ गर्न, तथा विहेवारी गर्न आर्थिक समस्या नपरोस् भनेर मैले विगत ३ वर्षदेखि प्रत्येक वर्ष छोराको जन्मदिनको अवसर पारि आफूले सकेको रकमको बीमा गरिदिँदै आएको छु । यो रकमले पछि उसको भविष्य निर्माण गर्न आर्थिक रुपमा सहयोग पुग्नेछ भन्ने अपेक्षा गरेको छु ।”

जीवन बीमाबारे जनचेतना जगाउन १९ वर्ष देखि निरन्तर लागेका जैसवालले सन्देशमुलक काम गरेको कम्पनीका धनुषाधाम शाखाका ब्रान्च म्यानेजर सचिन ढुंगानाले बताए ।

ढुंगानाले चाडपर्व तथा व्यक्तिगत उत्सवहरुमा हुने अनावश्यक खर्च कटौती गरि बीमा गर्ने बानि बसाल्न सर्वसाधारणमा आह्वान पनि गरेका छन् । आजको कमाईको केही हिस्सा बचत गरेमा त्यसले भविष्यमा आइपर्ने आर्थिक समस्या समाधान गर्न ठूलो सहयोग गर्ने उनको भनाइ छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्