Shikhar Insurance

म्युचुअल फन्ड जस्तो सुरक्षित लगानी र उच्च प्रतिफल कहाँ पाइएला र ?

सिंहदरबार संवाददाता
२०७९ असार २७, सोमबार १६:०९
NIMB
Nabil Bank

काठमाडौं । गोजीमा सानो फन्ड बोकेर राम्रा कम्पनीमा लगानी गर्ने सपना पुरा गर्न यहाँ असम्भवप्रायः मानिन्छ ।

आजको दिन राम्रो प्रतिफल दिने एउटै कम्पनीको दोस्रो बजारमा एक कित्ता सेयर मुल्य १५ हजार रुपैयाँभन्दा माथि छ । बजारबाट १० कित्तामात्र सेयर किन्न पनि लाख रुपैयाँभन्दा कम पैसा साथमा हुनेको सामर्थ्य नहुने यथार्थ हामीकहाँ छ ।

Citizen Life
Kumar Bank
Nepal Life

तर, बजारमा यस्ता उपकरण पनि उपलब्ध छन् जसले लगानीकर्तालाई सानो पुँजी पनि राम्रा कम्पनीमा लगानी गर्न सघाउँछ । विभिन्न व्यक्ति वा संस्थाहरुको सहभागीता रहने गरी परिचालन गरिएको लगानी रकम (स–सानो पुँजी एकत्रित गरी जुटाइएको)लाई आफ्नो जिम्मेवारीमा लिई सोको दक्ष लगानी सेवा (राम्रा कम्पनीमा इक्विटी/सेयर लगानी वा निक्षेप राखेर) गर्ने सुविधा पनि बजारमा उपलब्ध हुन्छ ।

अन्य देशहरुमा विविध विकल्प छन् । छिमेकी मुलुक भारतमा पनि विभिन्न आवधिक प्लानका नाममा सामूहिक लगानी योजना (म्युचुअल फन्ड) उपलब्ध छन् । नेपालमा पनि विस्तारै म्युचअल फन्डको विकल्प फस्टाउन थालेको छ । बन्दमुखी र खुलामुखी गरी दुई प्रकारका म्युचुअल फन्ड स्किम आउने गर्छन् । ती योजना लगानीर्कताले बहन गर्न सक्ने जोखिमका आधारमा ब्यालेन्स्ड, इन्कम र हाइब्रिड प्रकारका हुन्छन् ।

म्युचुअल फन्डमा लगानी गर्नका लागि ठूलो पुँजीको आवश्यकता पर्दैन । न्युनतम एक हजार रुपैयाँमा नै लगानीको सुरुवात गर्न सकिने भएकाले स–साना लगानीकर्ताले पनि यसबाट लाभ लिन सक्छन् ।

कोष व्यवस्थापकहरूले म्युचल फन्डको तर्फबाट कार्यसम्पादन तथा व्यवस्थापन गर्ने भएकाले वार्षिक रुपमा प्रतिफलबाट नै व्यवस्थापन शुल्क लिने गर्छन् । प्रोफेसनल व्यवस्थापकद्वारा व्यवस्थापन गरिने, पारदर्शी हुने, न्युन कारोबार शुल्क र सानै स्रोतबाट लगानी गर्न सकिने हुँदा नयाँ लगानीकर्ता, सेयर बजारको घटबढका बारेमा जानकारी नभएका साना लगानीकर्ताहरुका लागि म्युचुअल फन्ड लाभदायक मानिन्छ । यस्ता म्युचुअल फन्डहरु लगानीको विविधिकरण र कर सुविधाका साथमा सहजै र छिटो किनबेच गर्न सकिने भएकाले पनि लगानीको सुरक्षित क्षेत्र मानिन्छ ।

तर, नेपालमा म्युचुअल फन्डमा लगानी गर्ने कल्चर (संस्कृति)ले जरा गाडिसकेको मान्न सकिँदैन । यतिको लाभ भएर पनि आम लगानीकर्ता म्युचुअल फन्डमा लगानी गर्न डराइरहेका छन् ।

किन सुरक्षित छ म्युचुअल फन्डमा गरिने लगानी ?

म्युचुअल फन्डको परिभाषाले नै लगानी सेवाबाट प्रतिफल सम्बन्धित कार्यक्रमका सहभागीहरुलाई समानुपातिक रुपले वितरण गर्न योजना व्यवस्थापकले सञ्चालन गरेको लगानी कोष, इकाई कोष वा त्यस्तै प्रकारको अन्य सहभागितामूलक कोष व्यवस्थापन कार्यक्रम भन्ने बुझाउँछ ।

म्यूचुअल फन्डले धेरै लगानीकर्ताको बचतलाई संकलन गरी निश्चित वित्तीय औजारमा लगानी गर्छ । व्यक्तिगत लगानीकर्तामा नहुने ज्ञान र अनुभव व्यावसायिक व्यवस्थापकसँग हुन्छ । सो व्यवस्थापकले सो ज्ञान तथा अनुभवको अधिकतम उपयोग गर्छ । आकारको फाइदा उठाउँछ जुन व्यक्तिगत लगानीकर्तामा हुन सक्दैन ।

यदी कोही सर्वसाधारण सेयर बजारबाट नाफा कमाउन चाहन्छ तर ऊसँग पर्याप्त ज्ञान छैन भने म्युचुअल फन्डमा लगानी नै उसका लागि सबैभन्दा राम्रो निर्णय हुनसक्छ ।

योजना व्यवस्थापकले ईकाइ बिक्रीबाट संकलन भएको रकम नेपाल धितोपत्र बोर्डबाट तोकिएको निश्चित क्षेत्रमा मात्र लगानी गर्नु पर्ने हुन्छ । योजना व्यवस्थापकले लगानीकर्ताको लगानी बोर्डमा दर्ता भएको धितोपत्र, सार्वजनिक निष्काशन भएको धितोपत्र, धितोपत्र विनियम बजारमा सुचीकृत धितोपत्र, नेपाल सरकार वा नेपाल राष्ट्र बैंकले जारी गरेको ऋणपत्र, ट्रेजरी बिल तथा अन्य उपकरणहरु, मुद्रा बजार उपकरण, बैंक निक्षेप जस्ता ठाउँमा लगानी गरिदिन्छ र योजना अन्त्यमा बैंकको बचत वा निक्षेपबाट भन्दा बढी प्रतिफल दिन्छ । आईपीओमा त म्युचुअल फन्डका लागि ५ प्रतिशत कोटा नै छुट्याइएको छ । यसो त म्युचुअल फन्ड धितोमा राखेर बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिन पनि पाइन्छ भने बन्दमुखी म्युचुअल फन्ड धितोपत्रको दोस्रो बजारमा आवश्यक परेको बेला बेच्न पनि सकिन्छ ।

कानुनी व्यवस्थामा म्युचुअल फन्ड

पोर्टफोलियो मेनेजरद्वारा व्यवस्थापन र संचालन गरिने धेरै साना साना लगानीकर्ताहरुबाट संकलित कोष नै म्युचुअल फन्ड हो । नेपालमा म्युचुअल फन्डलाई नेपाल धितोपत्र बोर्डले नियमन र निरीक्षण गर्दछ ।

नेपालमा म्युचुअल फन्ड जारी गर्ने, निरीक्षण गर्ने र व्यवस्थापन गर्ने सम्पूर्ण कार्य म्युचुअल फन्ड नियमावली २०६७ ले निर्धारण गरे अनुसार र धितोपत्र बोर्डले तोके बमोजिम हुने गर्दछ । नेपालमा म्युचुअल फन्ड, म्युचुअल फन्ड नियमावली २०६७ र म्युचल फन्ड निर्देशिका २०६९ बाट नियन्त्रित छन् ।

म्युचुअल फन्ड नियमावली २०६७ ले निर्धारण गरेअनुसार, म्युचुअल फन्डबाट संकलित रकम पोर्टफोलियो म्यानेजरले सेयर, बोन्ड र ऋणपत्र, सरकारी धितोपत्र र मुद्धती निक्षेपमा लगानी गर्ने गर्छन् । यसरी गरेको लगानीबाट आएको प्रतिफल वा लाभ इकाईधारीहरुलाई वहन इकाईको आधारमा समानुपातिक तवरले वितरण गरिन्छ ।

म्युचुअल फन्डको प्रकार

संरचनागत रुपमा म्युचुअल फन्ड दुई प्रकारका हुन्छन्ः खुल्लामुखी र बन्दमुखी ।

म्युचुअल फन्डको खुलामुखी योजनामा लगानीकर्ता जुनसुकै समयमा पनि सहभागी हुनसक्छन । यस्तो योजना परिपक्व हुने निश्चित अवधि तोकिएको हुदैन । लगानीकर्ताले आफूसँग भएको इकाई जनुसुकै समयमा बेच्न सक्छन र किन्न पनि सक्छन । प्रचलित खुद सम्पत्ति मूल्यका आधारमा यसको किनबेच हुन्छ ।

खुल्लामुखी कोष कुनै पनि समयमा किनबेचको लागि उपलब्ध हुन्छ भने दोस्रो बजार अर्थात् नेप्सेमा सूचिकृत हुँदैन । यसको किनबेच कुनै पनि समयमा खुद सम्पत्ति मूल्यको आधारमा गर्न सकिन्छ । यस्तो कोषलाई यति नै इकाई जारी गर्नुपर्छ भन्ने रोकावट वा नियम नहुने हुँदा मागको आधारमा जति इकाई पनि जारी गर्न सकिन्छ भने इकाईधारीहरुको बेच्न चाहेमा कोषले नै किन्न पनि सक्ने हुन्छ ।

अर्कातर्फ म्युचुअल फन्डको बन्दमुखी योजना निश्चित परिमाण र निश्चित समयका लागि सञ्चालित हुन्छ । पूर्व निर्धारित समयावधिमा लगानीकर्ताले योजनाको इकाई किन्न पाउँछन । योजना परिपक्व भएपछि लगानीकर्ताले प्रचलित खुद सम्पत्ति मूल्यमा इकाई बिक्री गर्छन ।

बन्दमुखी म्युचुअल फन्डले निश्चित संख्यामा तोके बमोजिमको इकाई सामान्यतः तीनदेखि १५ वर्षसम्मको समयको लागि जारी गर्ने गर्छन् । बन्दमुखी कोषले निश्चित पुँजी प्राथमिक निष्काशन (आईपीओ जस्तै)द्वारा संकलन गर्ने गर्छन् । यसरी संकलित कोषलाई धितोपत्र बोर्डमा सूचीकृत गरिन्छ र दोस्रो बजारमा कारोबार गरिन्छ । तय गरेअनुसारको समय सिमा सकिएपछि लगानीकर्ताले इकाईको लगानी सहितको लाभ फिर्ता पाउँछन् । नेपालमा हाल पाँच, सात र दश वर्षे बन्दमुखी फन्ड संचालनमा छन् ।

ग्लोबल आईएमई ब्यालेन्स्ड फन्ड – १ मा तुरुन्तै आवेदन दिनोस्

१० वर्षमा युनिटहोल्डर (लगानीकर्ता)लाई न्याभबाहेक ११९.५ प्रतिशत प्रतिफल दिने बन्दमुखी म्युचुअल फन्ड ‘ग्लोबल आईएमई ब्यालेन्स्ड फन्ड – १’ मा अहिले आवेदन दिन पाइन्छ । अर्थात् १० वर्षको अन्त्यमा लगानीकर्ताले कम्तिमा करिब १२० प्रतिशत प्रतिफल पाउनेछन् ।

यसमा गरेको लगानीबाट पहिलो तीन वर्षसम्म लगातार ७.५ प्रतिशत लाभांश (वार्षिक रुपमा) दिइने प्रक्ष्येपण गरिएको छ । त्यसपछि, चौथो र पाँचौं वर्षमा १०/१० प्रतिशतको दरले लाभांश दिइनेछ । छैटौंमा र सातौंमा १४/१४, आठौं र नवौंमा १६/१६ प्रतिशत तथा अन्तिम अर्थात दशौं वर्षमा १७ प्रतिशत लाभांश लगानीकर्तालाई वितरण गर्ने अनुमान क्यापिटलको छ ।

यसरी हेर्दा महिनैपिच्छे ब्याजदर घटबढ हुने मुद्दती निक्षेपभन्दा यो म्युचुअल फन्ड वृहत्तर विकल्प हो । यसअघि पनि कोष व्यवस्थापक ग्लोबल आईएमई क्यापिटलले वार्षिक साढे १२ प्रतिशत प्रतिफल दिएको सामुहिक कोष (म्युचुअल फन्ड) योजना सञ्चालन गरेको इतिहास छ ।

ग्लोबल आइएमई ब्यालेन्स्ड फन्ड १ मा ढिलामा साउन ४ गते अगावै आवेदन दिन सकिनेछ । प्रतिइकाई १० रुपैयाँ अंकित दरमा १ अर्ब २० करोडको १२ करोड इकाई बिक्रीमा आएको हो ।

सोमबार बिहान १० बजेसम्म २० करोड ८४ लाख ५९ हजार १ सय रुपैयाँ बराबरको २ करोड ८ लाख ४५ हजार ९१० युनिटका लागि आवेदन परिसकेको छ ।

दश वर्ष अवधिको उक्त फन्डको इकाईमा लगानीकर्ताले धितोपत्र बोर्डबाट आश्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो सेयर वेभ तथा एपबाट पनि आवेदन दिन सक्नेछन् ।

सेयर बजारबारे कम जानकारी भएकाका लागि ‘ग्लोबल आईएमई ब्यालेन्स्ड फन्ड १’ यसकारण उत्तमः सीईओ ढकाल

पारसमणी ढकाल
प्रमुख कार्यकारी अधिकृत, ग्लाेबल आईएमई क्यापिटल

लगानी गर्न उत्साहित लगानीकर्ताहरू जसलाई सेयर बजारबारे त्यति धेरै जानकारी छैन उनीहरूका लागि ‘ग्लोबल आईएमई ब्यालेन्स्ड फन्ड १’ उत्तम विकल्प हो ।

वस्तुस्थितिको विश्लेषण गर्न नजान्ने लगानीकर्ताले बजारको उतारचढावका क्रममा धेरै गुमाउने गरेका छन् । ग्लोबल आईएमई क्यापिटलले त्यस्ता लगानीकर्ताबाट संकलित कोषलाई सदुपयोग गरिदिन्छ ।

नेपालको सेयर बजारमा कम्पनीको मूल्य बढ्दा वा नेप्से परिसूचक बढ्दामात्र कमाइ हुन्छ । बजारको हालको उतारचढावलाई ध्यानमा राखेरै कम्पनीले ब्यालेन्स्ड फन्ड ल्याएको हो जसले कम जोखिम बहन गर्ने लगानीकर्तालाई प्लेटफर्म दिन्छ ।

ग्लोबल आईएमई क्यापिटलले यसभन्दा अघि ल्याएको योजनाको पर्फर्मेन्स हेरेर पनि निर्धक्क ‘ग्लोबल आईएमई ब्यालेन्स्ड फन्ड १’ मा लगानी गर्नु उपयुक्त हुन्छ । भविष्यमा प्राप्त हुने प्रतिफलसँगै कम्पनीको विगत हेर्न पनि उपयुक्त हुन्छ । म्युचुअल फन्डले दिने औसत प्रतिफलभन्दा बढी हामीले दिएको रेकर्ड छ । कम पैसा भएका तर राम्रा कम्पनीको सेयरमा लगानी गर्न चाहनेलाई कम जोखिम वहन गर्न ग्लोबल आईएमई क्यापिटलले बाटो खोलिदिएका छौं । ‘ग्लोबल आईएमई ब्यालेन्स्ड फन्ड १’ बाट जुटेको स्रोत मूल्य घट्ने जोखिम कम भएका तथा स्थिर प्रतिफल दिएका कम्पनी छान्ने योजना बनाएका छौं ।

अर्कातर्फ ‘ग्लोबल आईएमई ब्यालेन्स्ड फन्ड १’मा आवेदन खुलेको बेला बजारले तीब्र उतारचढाव महसुस गरेको छ । तर, घटबढ सामान्य प्रक्रिया हो । बढ्नकै लागि बजार घट्ने हो ।

फेरि अहिले बजार सूचक निकै तल्लो बिन्दुमा छ । बजार करिब ४० प्रतिशत तल हुनु भनेको लगानीको अवसर पनि हो । यो अवसरलाई हामी सदुपयोग गर्नेछौं ।

हाम्रो सिद्धान्त पनि घट्दा किन्ने र बढ्दा बेच्ने नै हो । यसर्थमा यो म्युचुअल फन्ड सही समयमा ल्याएका हौं । लगानीकर्ताले निर्धक्क ‘ग्लोबल आईएमई ब्यालेन्स्ड फन्ड १’ किन्नु भए हुन्छ ।

ग्लोबल आईएमई क्यापिटलले आफूसँगको विशेषज्ञतालाई यही विषम परिस्थितिमा सदुपयोग गरी इकाईधनीलाई उच्च प्रतिफल दिने प्रतिवद्धता गरेका छौं । लाभांश र न्याभको औसतका आधारमा ‘ग्लोबल आईएमई ब्यालेन्स्ड फन्ड १’ का इकाईधनीले वार्षिक १२.५ प्रतिशतका दरले प्रतिफल पाउनु हुनेछ ।

हामी तत्कालका लागि धितोपत्रको दोस्रो बजारमा सूचीकृत कम्पनीहरुको सेयरमा ५० प्रतिशत र अन्य उपकरणमा ५० प्रतिशत लगानी गर्नेछौं । सर्वसाधारणबाट संकलित पुँजीलाई सन्तुलित तबरले परिचालन गर्ने क्रममा आवश्यकता अनुसार ७०–३० को अनुपात सम्म बनाउँछौं । धितोपत्रमा २५ प्रतिशतभन्दा कम लगानी छुट हामीसँग छैन ।

ब्यालेन्स्ड योजना भएकाले नै इक्विटी र निश्चित आम्दानीका उपकरणमा झण्डै समान हिस्सामा लगानी विविधीकरण गर्नेछौं ।

ग्लोबल आईएमई क्यापिटलले आफ्नो स्थापना वर्षदेखि धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा विभिन्न पब्लिक कम्पनी तथा संघ संस्थाहरुको धितोपत्रको सार्वजनिक निष्काशन कार्य गर्दै आएको छ । साथै, कम्पनीले आफूले प्रदान गर्ने सेवालाई विविधीकरण गर्दै सेयर रजिष्ट्रार सम्बन्धि सेवा सञ्चालन गरेको छ भने लगानी व्यवस्थापन सेवा तथा सेयर प्रत्याभूति सेवा सञ्चालनको लागि समेत अनुमति पाएको छ ।

त्यसैगरी, यस कम्पनीले नेपाल धितोपत्र बोर्डबाट निक्षेप सदस्यता प्राप्त गरी निक्षेप सदस्यताको सेवा दिँदै आइरहेको छ भने नेपाल धितोपत्र बोर्डबाट योजना व्यवस्थापक तथा डिपोजिटरीको कार्य गर्ने अनुमति समेत पाइसकेको छ । हालै बुक बिल्डिङका लागि योग्य संस्थागत लगानीकर्ता मध्ये एक हो, क्यापिटल ।

मर्चेन्ट क्यापिटल कम्पनीमा राम्रो छाप बनाएको ग्लोबल आईएमई क्यापिट देशकै सबैभन्दा ठूलो बैंक ग्लोबल आईएमईको सब्सिडरी हो । ग्लोबल आईएमई बैंक ‘ग्लोबल आईएमई ब्यालेन्स्ड फन्ड १’ को कोष प्रवद्र्धक हो ।

आईपीओ बेचेर कमाउने गरेको देखेर दोस्रो बजारमा प्रवेश गर्नेहरु थुप्रै डुबेका छन् । विषयको कम ज्ञान र अधिक उत्सुकताले लगानीकर्तालाई बजार घटेको बेला तनाब गराएको छ ।

हामी यो समस्याको समाधान गर्न चाहन्छौं । सर्वसाधारणलाई लगानी गर्न आह्वान यसर्थमा पनि गर्न चाहन्छौं कि आफ्नो दैनिक काम छाडेर लाग्नुभन्दा हाम्रो विज्ञ टिमलाई तपाईंको लगानी सदुपयोग गरिदिने र प्रतिफल फिर्ता दिने मौका दिनुस् ।

नजानेकाले मात्र होइन लगानी सम्बन्धी ज्ञान भएका तर लगानीको लागि समय छुट्याउन गाह्रो हुने भएका लगानीकर्ताहरुलाई म्युचुअल फन्डमा लगानी पनि राम्रो हुनसक्छ । दिनभरीको दौडधुप र लगानीको स्थिति बिग्रेको देखेर तनवमा बस्नु भन्दा लगानी सम्बन्धी रिसर्च गरी सबैको पारस्परिक लाभका लागि म्युचुअल फन्ड चलाउने विशेषज्ञहरुलाई लगानी हेर्न दिनु उत्तम हुन्छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्