Shikhar Insurance

४ कम्पनीले पाए आईपीओ निष्काशनको अनुमति

सिंहदरबार संवाददाता
२०७९ असार २७, सोमबार १५:४१
NIMB
Nabil Bank

काठमाडौं । नेपाल धितोपत्र बोर्डले ४ कम्पनीलाई आईपीओ निष्काशन गर्ने अनुमति दिएको छ । बोर्डले असार महिनामा २ हाइड्रोपावर कम्पनी र २ लघुवित्त वित्तीय संस्थालाई आईपीओ निष्काशनको अनुमति दिएको हो ।

धितोपत्र बोर्डले असार ९ गते एउटा, असार २३ गते एउटा र असार २४ गते दुई वटा कम्पनीलाई आईपीओ जारी गर्ने अनुमति दिएको हो ।

Citizen Life
Kumar Bank
Nepal Life

बोर्डले सिक्लेस हाईड्रोपावर कम्पनीलाई पनि आईपीओ निष्काशनको लागि असार २३ गते अनुमति दिएको छ । कम्पनीले २० करोड रुपैयाँ बराबरको २० लाख कित्ता सेयर निष्काशन गर्ने अनुमति पाएको हो । सिक्लेस हाईड्रो पावर कम्पनीले आयोजना प्रभावित र सर्वसाधारणको लागि आईपीओ निष्काशन गर्ने लागेको हो । यस कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक बिओके क्यापिटल मार्केट हो ।

त्यसैगरी धौलागिरी लघुवित्त वित्तीय संस्थाले पनि ३ करोड ३१ लाख रुपैयाँ बराबरको ३ लाख ३१ हजार कित्ता साधारण सेयर निष्काशनको अनुमति पाएको छ । बोर्डले सो लघुुवित्तलाई असार २४ गते आईपीओ निष्काशनको अनुमति दिएको हो ।

लघुवित्तले सर्वसाधारणको लागि अंकित मूल्य १०० रुपैयाँकोे दरले आईपीओ निष्काशन गर्न लागेको हो । धौलागिरी लघुवित्त वित्तीय संस्थाको सेयर निष्काशन तथा बिक्री प्रबन्धक सनराईज क्यापिटल रहेको छ ।

त्यस्तै अभियान लघुवित्त वित्तीय संस्थाले ९ लाख ७५ हजार कित्ता सेयर निष्काशन गर्ने अनुमति पाएको छ । बोर्डले संस्थालाई यही असार २४ गते नै आईपीओ निष्काशनको अनुमति दिएको हो ।

यस लघुवित्तले ९ करोड ७५ लाख रुपैयाँ बराबरको साधारण सेयर सर्वसाधारणलाई निष्काशन गर्ने भएको छ । सेयर निष्ककाशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल रहेको छ ।

सान्जेन जलविद्दुत कम्पनीले असार ९ गते ३६ करोड ५० लाख रुपैयाँ बराबरको ३६ लाख ५० हजार कित्ता साधारण सेयर निष्काशनको लागि अनुमति पाएको थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्