Shikhar Insurance

नेप्से परिसूचकमा सुधार, कारोबार रकम भने १ अर्ब

सिंहदरबार संवाददाता
२०७९ असार २८, मंगलवार १८:२२
NIMB
Nabil Bank

काठमाडौं । मंगलबार नेप्से परिसूचकमा सुधार आएको छ । लामो समयदेखि निरन्तर घटिरहेको नेप्से मंगलबार भने दोहोरो अंकले बढेको हो ।

मंगलबार नेप्से परिसूचक ११.६८ अंकले बढेर १९२७.२८ को विन्दुमा बन्द भएको हो ।

Citizen Life
Kumar Bank
Nepal Life

त्यसैगरि सेन्सिटिभ इण्डेक्स पनि २.०९ अंकले बढेर ३६८.९५ को विन्दुमा बन्द भएको छ ।

कारोबारमा आएको १३० कम्पनीको सेयर मूल्य बढेको छ । भने, ४९ कम्पनीको घटेको छ । १० कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

दिनभरीमा २२६ स्क्रिप्टका ४९ लाख ६७ हजार ५ सय ६१ कित्ता सेयर १ अर्ब ७० करोड ७७ लाख ५२ हजार रुपैयााँमा खरिदबिक्री भए । नेप्से परिसूचकमा सुधार आए पनि कारोबार रकम भने घटेको छ ।
आज सप्तकोशी डेपलपमेन्ट बैंकको सेयर मूल्य सर्वाधिक ९.३५ प्रतिशतले बढेको छ ।

कारोबार रकमको आधारमा अरुण पावर कम्पनीको सेयर सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ७ करोड ९५ लाख ८० हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भए । गोर्खाज फाइनान्सको ७ करोड ६० लाख ४० हजार, शिवम सीमेन्टको ७ करोड ४० लाख १७ हजार, यूनाईटेड आईडिआई म्यादी आरबी हाईड्रो पावरको ५ करोड ९३ लाख ६४ हजार र हिमालयन डिस्टिलरी कम्पनीको ५ करोड १३ लाख ६७ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

समूहगत उपसूचकहरु सबै बढेका छन् । सबैभन्दा बढी होटल एण्ड टुरीजम समूहको १.६५ प्रतिशतले बढेको हो ।

 

 

GBIME

प्रतिक्रिया दिनुहोस्