Shikhar Insurance

रिलायन्स लाइफ र सानिमा लाइफबीच १.१ स्वाप रेसियोमा मर्जरको सम्झौता

सिंहदरबार संवाददाता
२०७९ असार २९, बुधबार ११:०२
NIMB
Nabil Bank

काठमाडौं । रिलायन्स लाइफ र सानिमा लाइफ इन्स्योरेन्सबीच आपसमा मर्जरको सहमति भएको छ । बुधबार यी कम्पनीबीच १ः१ को स्वाप रेसियोमा मर्जरको प्रारम्भिक सम्झौता भएको हो ।

प्रारम्भिक सम्झौता पत्रमा रिलायन्स लाइफको तर्फबाट सञ्चालक समितिका सदस्य भरत कुमार तोदी र सानिमा लाइफको तर्फबाट सञ्चालक धनश्याम थापाले हस्ताक्षर गरेका हुन् ।

Citizen Life
Kumar Bank
Nepal Life

उक्त समारोहमा रिलायन्स लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत राकेश पोखरेल र सानिमा लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत अगम मुखियाको सहभागिता रहेको थियो

दुई कम्पनी मर्जर भएमा कूल चुक्ता पुँजी ४ अर्ब १० करोड पुग्नेछ । हाल सानिमा लाइफको दुई अर्ब र रिलायन्स लाइफको दुई अर्ब १० करोड रुपैयाँ चुक्ता पुँजी छ ।

सानिमा लाइफको जीवन बीमा कोषमा ३ अर्ब १३ करोड १० लाख रुपैयाँ संचिती रहेको छ भने रिलायन्स लाइफमा तीन अर्ब ६७ करोड ११ लाख रुपैयाँ संचिती रहेको छ । कूल बीमा कोषको आकार छ अर्ब ८० करोड माथि पुग्नेछ । जीवन बीमा कम्पनीहरुको लागि पुँजी भन्दा जीवन बीमा कोष महत्वपूर्ण हुन्छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्