Shikhar Insurance

म्यादी बीमामा पुल प्रणाली खारेज, अनलाइन माध्यमबाट व्यवसाय गर्न समितिको निर्देशन

सिंहदरबार संवाददाता
२०७९ असार २९, बुधबार १३:११
NIMB
Nabil Bank

काठमाडौं । बीमा समितिले म्यादी बीमामा पूल प्रणाली खारेज गरेको छ । समितिले सबै बीमा कम्पनीहरुलाई परिपत्र जारी गर्दै वैदेशिक रोजगार म्यादी बीमा साउन १ गतेदेखि पुल प्रणालीमार्फत् नगराउन निर्देशन दिएको हो । समितिले ४ वर्षअघि म्यादी बीमा पुलमार्फत् गर्न पाउने व्यवस्था गरेको थियो । कम्पनीहरुले पुल म्यानेरज नियुक्त गर्दै यस प्रकारको बीमा पोलिसी आपसी समझदारीको आधारमा गर्दे आएका छन् ।

तर, समितिले साउन एक गतेदेखि पुल प्रणाली बन्द गर्नुका साथै यस अघि जारी भएका सम्पूर्ण बीमालेखहरुको दायित्व समाप्त भए पश्चात पुल स्वतः खारेज हुने उल्लेख गरेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

जारी परिपत्रमा भनिएको छ । ‘वैदेशिक रोजगार ऐन, २०६४ बमोजिम वैदेशिक रोजगारीमा जाने नेपालीहरुको अनिवार्य बीमा गर्नुपर्ने व्यवस्था अनुसार तहाँ बीमकहरुबाट जारी गर्दै आएको वैदेशिक रोजगार म्यादी जीवन बीमा व्यवसाय मिति २०७५ माघ १ गतेदेखि पुल गठन गरी सोही पुल मार्फत संचालन भइरहेकोमा मिति २०७९/०४/०१ गते देखि लागु हुने गरी वैदेशिक रोजगार म्यादी जीवन बीमा पुलबाट नयाँ बीमालेख जारी नगर्ने र यस अघि जारी भएका सम्पूर्ण बीमालेखहरुको दायित्व समाप्त भए पश्चात पुल स्वतः खारेज हुनेछ।’

साथै, समितिले २०७९ साउन १ गतेबाट सम्पूर्ण इच्छुक जीवन बीमकहरुले वैदेशिक रोजगार म्यादी जीवन बीमालेख जारी गर्न सक्ने तर उक्त बीमालेख अनलाइन माध्यमबाट मात्र जारी गर्नु निर्देशन दिएको छ । साथै, अनलाइन माध्यमबाट बीमालेख जारी गर्दा भुक्तानी सेवा प्रदायकलाई उपलब्ध गराउने सेवा शुल्क बापतको रकम अन्य बीमालेख अनलाइन मार्फत जारी गर्दा लाग्ने शुल्क भन्दा बढी नहुने गरी तोक्नु पर्नेछ ।
। भने, सो सेवा शुल्क बापतको रकम निर्धारित बीमाशुल्कमा समावेश गर्न नपाइने समितिद्वारा जारी परिपत्रमा उल्लेख छ ।

कम्पनीहरुले वैदेशिक रोजगार म्यादी जीवन बीमा व्यवसाय शुरु गर्नु अघि समितिलाई जानकारी दिनुपर्नेछ । साथै, सो व्यवसाय बन्द गर्नुपरेमा यथोचित कारण सहित समितिमा जानकारी गराउनुपर्नेछ ।

यस्तै आर्थिक वर्ष ०७८/७९ को बीमांकीय मूल्यांकन साविककै व्यवस्था बमोजिम यस अघि पुल व्यवस्थापकको रुपमा तोकिएको नेपाल पुनर्बीमा कम्पनीले गर्नुपर्नेछ।
पुल अन्तर्गत रहेको दायित्व समाप्त नहुँदा सम्म बीमालेख अन्तर्गत परेको दाबीको रकम बीमालेख जारी गर्ने बीमकले नै यथाशिघ्र भुक्तानी गर्नुपर्नेछ र पुलमा सहभागी सबै बीमकहरुले आफ्नो हिस्सा बमोजिमको दायित्व बहन गर्नु समितिले निर्देशन दिएको छ ।

पुलमा सहभागी बीमकहरुले वैदेशिक रोजगार म्यादी जीवन बीमा व्यवसाय सम्बन्धी विवरण प्रत्येक त्रयमास समाप्त भएको मितिले ७ दिन भित्र नेपाल पुनर्बीमा कम्पनीलाई अनिवार्य पठाउने र सो को बोधार्थ समितिलाई दिनु पर्नेछ ।

GBIME

प्रतिक्रिया दिनुहोस्