Shikhar Insurance

प्रभु र महालक्ष्मी लाइफबीच मर्जर सम्झौता, स्वाप रेसियो बराबर, अध्यक्ष र सिईओ बाडिँयो

सिंहदरबार संवाददाता
२०७९ असार ३०, बिहीबार १७:४१
NIMB
Nabil Bank

काठमाडौं । अन्ततः प्रभु लाइफ र महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीबीच मर्जर सम्झौता भएको छ । एक बराबर एक अर्थात बराबर स्वाप रेसियोमा दुई कम्पनीबीच मर्ज हुने समझदारी बनेको हो ।

मर्जरपछि बन्ने नयाँ कम्पनीको नाम प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स रहनेछ । अध्यक्ष प्रभु लाइफका तर्फबाट कायम हुनेछन् भने सिईओ महालक्ष्मी लाइफले पाउनेछ ।

Citizen Life
Kumar Bank
Nepal Life

महालक्ष्मी लाइफको चुक्ता पुँजी २ अर्ब १० करोड रुपैयाँ छ भने प्रभु लाइफको चुक्ता पुँजी २ अर्ब रुपैयाँ छ । एक बराबर एकको स्वाप रेसियोमा मर्ज हुँदाँ प्रभु महालक्ष्मीको चुक्ता पुँजी ४ अर्ब १० करोड रुपैयाँ पुग्नेछ । महालक्ष्मी लाइफले आईपीओ जारी गरेको थिएन् ।

मर्जरपछि बीमा समितिले तोकेको पाँच अर्ब भन्दा ९० करोडले चुक्ता पुँजी कम रहनेछ । समितिले २५ प्रतिशतसम्म हकप्रद सेयर जारी गर्न दिने भनेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्