Shikhar Insurance

शिखर इन्स्योरेन्सका सीइओ पाण्डेलाई पितृ शोक

सिंहदरबार संवाददाता
२०७९ श्रावण ५, बिहीबार १३:५०
NIMB
Nabil Bank

काठमाडौं । शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दीप प्रकाश पाण्डे र नेपाल इन्भेष्मेण्ट बैंकका प्रमुख कार्यकारी अधिकृत  (सीइओ) ज्योति प्रकाश पाण्डेलाई पितृ शोक परेको छ । सीइओ पाण्डेका बुवा दुर्गा प्रसाद पाण्डेको बिहिबार बिहान ५.३० बजे काठमाडौंकाे नर्भिक हस्पिटलमा निधन भएको हो । उनी लामो समयदेखि किड्नीको समस्याका कारण उपचारत थिए ।

उनको काठमाडौं आर्यघाटमा बिहिबार नै दाहसंस्कार गरिएको छ । सीइओ पाण्डेका बुवा विभिन्न सरकारी सेवामा आवद्ध थिए । भने, पाटन कलेजमा लेक्चररथिए । उनले वाणिज्य मन्त्रालयका सचिवसम्मको जिम्मेवारी सम्हालेका थिए । उनलाई नेपाल सरकारले सुप्रसिद्ध प्रबल गोरखा दक्षिण बाहु, सुविख्यात त्रिशक्ति पट्ट र दीर्घ सेवा पदक प्रदान गरेको थियो ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्