Shikhar Insurance

सुर्या र ज्योति लाईफको एकिकृत कारोबार कात्तिक १ गते, सिईओ खत्री, डेपुटी खड्का बन्ने

सिंहदरबार संवाददाता
२०७९ श्रावण ७, शनिबार १२:१८
NIMB
Nabil Bank

काठमाडौं । सुर्या लाईफ र सुर्या लाईफको मर्जरपछि कात्तिक १ गतेदेखि एकिकृत कारोबार गर्ने भएका छन् । सुर्या ज्योति लाइफका नामबाट एकिकृत कारोबार गर्ने तयारी गरेका दुई कम्पनीहरुले कात्तिक १ गतेका लागि एकिकृत कारोबारको साइत जुराएका हुन् । नयाँ कम्पनीको सिईओमा हाल ज्योति लाईफको नेतृत्व गरिरहेका प्रकाश बिक्रम खत्री आउनेछन् भने सुर्या लाइफका पवन कुमार खड्कालाई डेपुटी सिईओ बनाउने समझदारी बनेको छ ।

दुबै कम्पनीका कर्मचारीहरुको समान हैसियतमा जिम्मेवारी बाडफाँट हुनेछ । यी दुई कम्पनीले असार १३ गते मर्जरमा जाने समझदारी पत्रमा हस्ताक्षर गरेका थिए । सम्झौता पत्रमा सूर्या लाइफ इन्स्योरेन्सको तर्फबाट अध्यक्ष केशव प्रसाद भट्टराई र ज्योति लाइफको तर्फबाट अध्यक्ष नन्द किशोर शर्माले हस्ताक्षर गरेका थिए । जीवन बीमा कम्पनी तर्फ मर्जरपछि एकिकृत कारोबार गर्ने पहिलो कम्पनीका रुपमा स्थापित हुने योजनासहित काम अघि बढिरहेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

हाल सूर्या लाइफको चुक्ता पूँजी २ अर्ब ४२ करोड रुपैयाँ र ज्योति लाइफको २ अर्ब २० करोड रुपैयाँ रहेको छ । ज्योति लाइफ नयाँ बीमा कम्पनी हो भने सुर्या पुरानै कम्पनी हो । बीमा समितिले जीवन बीमा कम्पनीहरुले पाँच अर्ब चुक्ता पुँजी पुर्याउनुपर्ने नीति ल्याएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्