Shikhar Insurance

एकल बीमा पोलिसीमा थप कढाइ गर्दै समिति, सरेण्डर ५ बर्ष र प्रिमियममा क्याप लाग्दै

सिंहदरबार संवाददाता
२०७९ श्रावण १०, मंगलवार १३:०८
NIMB
Nabil Bank

काठमाडौं । बीमा समितिले एकल बीमा पोलिसीमा थप कढाई गर्ने भएको छ । समितिले एकल बीमा पोलिसीमा सरेण्डर केस बढ्न थालेपछि यसमा थप कढाई गर्न आवश्यक प्रकृया शुरु गरेको हो ।

समितिले २०७७ चैत २४ गते एकल बीमा पोलिसी ३ वर्षसम्म सरेण्डर गर्न नपाउने व्यवस्था गरेको थियो । बीमा कम्पनीहरुले एकल बीमा पोलिसीलाई व्यवसायको आकार बढाउने अस्त्रको रुपमा प्रयोग गर्दा व्यापारीहरुले कालोधनलाई समेत सेतो बनाउने माध्यम सो पोलिसीलाई बनाएको आशंका समितिले गरेको हो । कम्पनीहरुले जारी कुल बीमामा एकल बीमा पोलिसीको हिस्सा बढ्दै गएको र सरेण्डर केस समेत अत्याधिक भएको हुँदा यसमा थप कढाई गर्न लागिएको बीमा समितिका कार्यकारी निर्देशक तथा प्रवक्ता राजु रमण पौडेलले बताए ।

Citizen Life
Kumar Bank
Nepal Life

‘एकल बीमा पोलिसीमा सरेण्डर अत्याधिक बढ्न थालेको छ, बीमा गरेर नियोजित सरेण्डर गरेको जस्तो देखिएको छ, करोड÷करोड रुपैयाँको एकल बीमा गरेर प्लान सरेण्डर गरेर ब्लाक मनीलाई ह्वाइट बनाइउको हो भन्ने आशंका हुन थालेको छ भने हामीले सम्बधिन्त पक्षसँग समन्यव गरी अनुसन्धान पनि गरिरहेका छौ,’ समितिका प्रवक्ता पौडेलले सिंहदरबारसँग भने, ‘यसलाई कढाइ गर्न सरेण्डर नै ५ वर्ष बनाउने भन्ने छ, एकल बीमा पोलिसीमा अन्तर्राष्ट्रिय अभ्यास समेत अध्ययन गरी पोलिसी शुल्कको सीमा तोक्ने देखि मुल्यांकन तोक्ने विषयमा छलफल भइरहेको छ ।’

नेपाल राष्ट्र बैंकको वित्तीय जानकारी इकाइ (एफआइयू) र सम्पत्ति शुद्धीकरण अनुसन्धानसँग समन्यव गरी एकल बीमा पोलिसीमा सरेण्डर केसबारे विस्तृत अध्ययन गरी नीतिगत कढाइ गर्न खोजिएको उनले जानकारी दिए ।

‘एकल बीमा पोलिसीमा सरेण्डर केस घटाउनु पर्नेछ, त्यसका लागि आवश्यक छलफल गरिरहेका छौं, गत आर्थिक वर्षमै क्म्पनीहरुद्वारा जारी कुल बीमा पोलिसीमा एकल बीमा पोलिसीको करिब ३ प्रतिशत हिस्सा छ, अन्य देशमा सरे्न्डर भ्याल्लु समेत फरक फरक हुन्छ त्यो नीति नेपालमा पनि ल्याउने र एकल बीमा पोलिसीको प्रिमियममा क्याप लगाउने बिषयमा छलफल गर्दैछौं ।’

हालसम्म समितिले बीमा एकल बीमा पोलिसीमा अधिकतम प्रिमियम शूल्क तोकेको छैन । यस्ता पोलिसीको सरेण्डर वर्ष बढाउँदा र प्रिमियममा क्याप लगाउँदा बजारमा एकल बीमा पोलिसी नै कम हुने विस्वास उनको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्