Shikhar Insurance

रिलायबल लाइफको खुद नाफा साढे २८ करोड, बिजेनेश ग्रोथ ३१.८५ प्रतिशत

सिंहदरबार संवाददाता
२०७९ श्रावण १३, शुक्रबार ११:४२
NIMB
Nabil Bank

काठमाडौं । रिलायबल लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षमा २७ करोड ४८ लाख ६६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन अघिल्लो आवको २१.६५ प्रतिशत बढी हो । अघिल्लो आवमा कम्पनीले २२ करोड ५९ लाख ४२ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

कम्पनीद्वारा सार्वजनिक गत आर्थिक वर्षको चौथो त्रैमासको अपरिस्कृत वित्तीय विवरण अनुसार सो अवधिमा कम्पनीले ३ अर्ब ७७ करोड रुपैयाँ खुद बीमा शुल्क संकलन गरेको छ । जुन अघिल्लो आवकोभन्दा २७.४२ प्रतिशतले खुद बीमा शुल्क संकलनमा वृद्धि गरेको छ । गत आवमा कम्पनीले ३ अर्ब ७७ करोड १ लाख रुपैयाँ खुद बीमा शुल्क संकलन गरेको हो । साथै, सो अवधिमा कम्पनीले ३१.८५ प्रतिशतले कसल बीमा शुल्क संकलनमा वृद्धि गरेको छ । गत आवमा कम्पनीले ३ अर्ब ९७ करोड ४४ लाख रुपैयाँ र हालसम्म कुल १० अर्ब ३८ करोड ४१ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको हो ।

Citizen Life
Kumar Bank
Nepal Life

समीक्षा अवधिमा कम्पनीले ७१ करोड ७७ लाख रुपैयाँ खुद दावी भुक्तानी गरेको छ । साथै, सो अवधिमा कम्पनीले ५७ करोड ६९ लाख अभिकर्ता कमिशन, ८४ लाख रुपैयाँ स्वास्थ्य परिक्षण, ३ करोड ७७ लाख रुपैयाँ खुद सेवा शुल्क र जोखिम वापत ७० करोड ३९ लाख रुपैयाँ खर्च गरेको छ ।

गत असार मसान्तसम्म कम्पनीको चुक्ता पुँजी १ र्अ ४० करोड, जगेडा कोषमा १ अर्ब ९ करोड, जीवन बीमा कोषमा ४ अर्ब ६० करोड रुपैयाँ र महा विपत्ती कोषमा १० करोड ७३ लाख रुपैयाँ मौज्दात छ । सो अवधिमा कम्वनीको प्रतिसेयर आम्दानी १९ रुपैयाँ ६३ पैसा, प्रतिसेयर नेटवर्थ १ सय ८५ रुपैयाँ ५९ पैसा र प्रतिसेयर कुल सम्पती ६ सय १३ रुपैयाँ १२ पैसा रहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्