Shikhar Insurance

पोलिसी सरेण्डर वापत जीवन बीमा कम्पनीले फिर्ता गरे १२ अर्ब बढी, नेपाल लाइफले नै ५ अर्ब रुपैयाँ

कुन कम्पनीको कति सरेण्डर?
सिंहदरबार संवाददाता
२०७९ श्रावण १३, शुक्रबार १३:१०
NIMB
Nabil Bank

काठमाडौं । गत आर्थिक वर्षमा बीमितले ८१ हजार ८ सय ८० पोलिसी सरेण्डर गरेका छन् । जस वापत जीवन बीमा कम्पनीहरुले १२ अर्ब १८ करोड ८ लाख रुपैयाँ बढी भुक्तानी गरेका हुन् ।

बीमा समितिद्वारा उपलब्ध तथ्यांकअनुसार गत आवमा सबैभन्दा बढी पोलिसी सरेण्डर नेपाल लाइफ इन्स्योरेन्समा भएको छ । गत आवमा सरेण्डर भएका कुल बीमा पोलिसीमा नेपाल लाइफको हिस्सा नै ३२.५० प्रतिशत छ । कम्पनीको गत आवमा ५ अर्ब १ करोड ४४ लाख रुपैयाँ बढीका २६ हजार ६ सय ३ वटा पोलिसी सरेण्डर भएका हुन् । बजार हिस्साको आधारमा नेपाल लाइफ पछि सबैभन्दा बढी पोलिसी सरेण्डर गर्नेमा लाइफ इन्स्योरेन्स कर्पोरेशन रहेको भने संख्याको आधारमा राष्ट्रिय बीमा संस्थान रहेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

समीक्षा अवधिमा एलआइसीले २ अर्ब ९३ करोड ३६ लाख रुपैयाँ बढीको ९ हजार ८ सय ६३ पोलिसी सरेण्डर गरेको हो । कम्पनीबाट भएका पोलिसी सरेण्डर बजार हिस्सामा १२.६७ प्रतिशत हो
राष्ट्रिय बीमा संस्थानमा गत आवमा ८६ करोड ५५ लाख रुपैयाँ बढीका १६ हजार ९१७ पोलिसी सरेण्डर भएका छन् । कम्पनीको पोलिसी सरेण्डर बजारको २०.६७ प्रतिशत हिस्सा हो ।

यस्तै, गत आवमा नेशनल लाइफको ८५ करोड ९७ लाख रुपैयाँ बढीको ७ हजार ५ सय ६६ वटा बीमा पोलिसी सरेण्डर भएका छन् । साथै, सो अवधिमा एसिएन लाइफको ५८ करोड ९० लाख बबढीको ७ हजार ३६३ वटा, मेट लाइफको ३६ करोड ९ लाख बढीको ३ हजार ३५७ वटा, प्राइम लाइफको १९ करोड ९४ लाअ बढीका २ हजार ९५० वटा, गुराँस लाइफको ३९ करोड ६ लाख रुपैयाँ बढीका १ हजार ८५९ वटा र सुर्या लाइफको २६ करोड ७० लाख रुपैयाँ बढीका १ हजार ५९६ वटा बीमा पोलिसी सरेण्डर भएका हुन् ।

समितिद्वारा प्राप्त तथ्यांकअनुसार गत आवमा रिलायबल लाइफको २ करोड ७४ लाख बढीमा ७ सय १३ वटा, ज्योती लाइफको ६ करोड ४६ लाख बढीको ४ सय ७७ वटा, रिलायन्स लाइफको १४ करोड ८१ लाख बढीमा ४ सय ५५ वटा, महालक्ष्मी लाइफको ६ करोड ४१ लाख रुपैयाँ बढीका ३ सय ६४ वटा र युनियन लाइफको १० करोड ८८ लाख रुपैयाँ बढीको ३ सय ५३ वटा बीमा पोलिसी सरेण्डर भएका हुन् ।

साथै, सो अवधिमा सिटिजन्स लाइफको ३ करोड १४ लाख रुपैयाँ बढीको ३ सय ३७ वटा, आइएमई लाइफको २ करोड ४० लाख रुपैयाँ बढीको ३ सय २४ वटा, प्रभु लाइफको १४ करोड ७७ लाख बढीको २ सय ८६ वटा, सन नेपालको २ करोड ४५ लाख रुपैयाँ बढीको २ सय २६ वटा बीमा पोलिसी सरेण्डर भएका हुन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्