Shikhar Insurance

सुनको मूल्य ६ सय रुपैयाँले बढ्यो

सिंहदरबार संवाददाता
२०७९ श्रावण २४, मंगलवार ११:१३
NIMB
Nabil Bank

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ । मंगलबार छापावल सुन प्रतितोला ६ सय रुपैयाँले बढेर ९६ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन छापावल सुन ९६ हजार ३ सय रुपैयाँमा खरिदबिक्री भएको थियो ।

त्यस्तै, तेजावी सुन पनि प्रतितोला ६ सय रुपैयाँले बढेको छ । मंगलबार तेजावी सुन प्रतितोला ९६ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन तेजावी सुन ९५ हजार ८ सय रुपैयाँमा खरिदबिक्री भएको थियो ।

Citizen Life
Kumar Bank
Nepal Life

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदी प्रतितोला ३५ रुपैयाँले बढेको छ । मंगलबार चाँदी १२ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदी प्रतितोला १२ सय ५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।

नेपालमा महासंघले अन्तरराष्ट्रिय बजार मूल्यको आधारमा सुनचाँदीको मूल्य निर्धारण गर्छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्