Shikhar Insurance

लुईस भ्याटनका मालिकलाई पछि पार्दै भारतका गौतम अडानी बने विश्वकै तेश्रो धनी व्यक्ति

सिंहदरबार संवाददाता
२०७९ भाद्र १४, मंगलवार १३:१९
NIMB
Nabil Bank

काठमाडौं । भारतीय उद्योगपति गौतम अडानी विश्वकै तेश्रो धनी व्यक्ति बनेका छन् । लुइस भ्याटनका मालिक फ्रान्सेली उद्योगी बर्नार्ड अर्नाउल्टलाईपछि पार्दै अडानी तेश्रो सर्वाधिक धनी व्यक्ति बनेका हुन् । ब्ल्युमबर्गको सूचि अनुसार अडानीको कुल सम्पति १३७.४ बिलियन अमेरिकी डलर पुगेको छ । ६० बर्षिय अडानीले लुईस भ्याटनका मालिकलाई पछि पार्दै एलन मस्क र जेफ बेजोसपछिको स्थान सुरक्षित गरेका हुन् ।

अडानीले मुकेश अम्बानी र ज्याक माको रेकर्ड समेत तोडिसकेका छन् । तथ्यांक अनुसार अम्बानी ९१.८ बिलियन डलर सम्पति सहित ११ औं नम्बरमा छन् । ब्ल्युमबर्गले विश्वका धनीहरुको दैनिक सूचि सार्वजनिक गर्दै आईरहेको छ ।
अमेजनका मालिक एलन मस्कको सम्पति २५१ बिलियन डलर छ भने जेफ बेजोशको १५३ बिलियन अमेरिकी डलर रहेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

अडानीले पछिल्ला केहि बर्षहरुमा आफ्नो लगानीलाई इन्धन खानीदेखि बन्दरगाहसम्म विस्तार गरेका छन् । उनले डाटा सेन्टरबाट सिमेन्ट, सञ्चार माध्यममा पनि लगानी गरेका छन् । भारतको सबै भन्दा ठूलो प्राइभेट पोर्ट तथा विमानस्थल अपरेटर पनि अडानीकै कम्पनी हो । अडानीले ६०.९ बिलियन डलर सम्पति सन २०२२ मै वृद्धि गरिसकेका छन् । अडानीले अघिल्लो महिना नै बिल गेट्सलाई उछिनिसकेका थिए । गेट्स हाल चौथो नम्बरमा छन् ।

बिल गेट्स र वारेन बफेटले आफ्नो सम्पति ट्रस्टहरुमा रुपान्तरण गरिरहेका छन् । गेट्सले २० बिलियन डलर बिल एण्ड मेलिण्डा ट्रस्टमा हालेका छन् । बफेटले पनि ३५ बिलियन डलर भन्दा बढी सम्पति ट्रस्टमा रुपान्तरण गरिसकेका छन् ।
अडानीले पनि आफ्नो सहयोगलाई बढाएर जुन महिनामा ७.७ बिलियन डलर पुर्याएका थिए । ६० औं बर्षगाँठमा गरिएको त्यो घोषणाबारे थप जानकारी भने अडानीले अझै दिएका छैनन् ।

अडानी ग्रुप भारतमा रिलायन्स र टाटापछिको तेश्रो ठूलो व्यवसायीक घराना हो । भारतमा अडानीको अडानी इन्टरप्राइजेज, अडानी ग्रीन इनर्जी, अडानी पोर्टस एण्ड स्पेशल इकोनोमिक जोन, अडानी पावर, अडानी टोटल ग्यास, अडानी ट्रान्समिसन लगायतका कम्पनी सूचिकृत रहेका छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्