Shikhar Insurance

चार बीमा कम्पनीको आईपीओ जारी गर्ने अनुमति रद्ध, अब के हुन्छ ?

सिंहदरबार संवाददाता
२०७९ भाद्र १६, बिहीबार १०:२०
NIMB
Nabil Bank

काठमाडौं । चार वटा बीमा कम्पनीहरुको आईपीओ जारी गर्ने अनुमति खारेज भएको छ । बीमा समितिले तोकिएको समयभित्र आईपीओ जारी नगर्ने बीमा कम्पनीहरुको आईपीओ जारी गर्ने अनुमति रद्ध गरेको हो । सैद्धान्तिक स्वीकृति लिएको एक वर्ष भन्दा बढी समय बितिसक्दा समेत आईपीओ निष्काशन नगरेको भन्दै समितले आईएमई लाइफ, सिटिजन लाइफ, रिलायबल नेपाल  लाइफ र सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीहरुलाई आईपीओ जारी गर्न दिएको अनुमति रद्ध गरेको हो । सो सम्बन्धी सूचनासहितको पत्र समितिले सम्बन्धित कम्पनीहरुलाई एक साता अघि नै पठाईसकेको छ ।

चारमध्ये ३ कम्पनीहरु सिटिजन लाइफ, रिलायबल नेपाल लाइफ र सन नेपाल लाइफले प्रिमियममा आईपीओ जारी गर्ने भनेका थिए । आइएमई लाइफले भने प्रति कित्ता एक सय रुपैयाँ दरमै आईपीओ निष्काशन गर्ने अनुमति पाएको थियो ।

Citizen Life
Kumar Bank
Nepal Life

बीमा समितिले २०७९ चैत मसान्तभित्र जीवन बीमा कम्पनीहरुको चुक्ता पुँजी ५ अर्ब पुर्याउनुपर्ने व्यवस्था गरिदिएको छ । समितिले पुँजी वृद्धिको योजना अघि सारेपछि अधिकांश बीमा कम्पनीहरुले मर्जरको बाटो समातेका छन् । यी चार कम्पनीले भने मर्जरमा नजाने भनेका छन् । यी कम्पनीहरुले आफ्नो संस्थापना प्रक्रिया नै समाप्त नभएकाले आवश्यक पुँजी संस्थापक लगानीकर्ताहरुबाट थप्ने र बाँकी पुँजीका लागि कानुन अनुसार आईपीओ निष्काशन गर्ने भनेका छन् । यी चार वटै कम्पनीहरुसँग यस अघिका आर्थिक वर्षहरुमा आर्जन गरेको नाफाबाट लाभांश वितरण गर्ने क्षमता समेत छ । संस्थापकहरुबाट लगानी थप, लाभांश वितरण र ३० प्रतिशत आईपीओ जारी गरि चैत मसान्तभित्र पाँच अर्ब पुँजी कायम गर्ने तयारीमा यी कम्पनीहरु लागिपरेका छन् ।

कम्पनीहरुको पुँजी वृद्धि योजनालाई बीमा समितिले स्वीकृति दिईसकेको छ र उनीहरुले लगानी समेत थपिसकेका छन् । चारमध्ये सिटिजन र रिलायबलले एग्रेशिभ बिजनेश ग्रोथ गरिरहेका छन् । सन नेपाल र आईएमई लाइफले भने दिगो व्यवसाय वृद्धिको योजना अनुसार अघि बढेको बताउँदै आएका छन् ।

३० प्रतिशत आईपीओ जारी गर्नका लागि यी कम्पनीहरुले पुनः बीमा समितिमा आवेदन दिनुपर्नेछ । ‘आईपीओ जारी गर्ने अनुमति लिएर एक वर्षसम्म त्यसको कार्यान्वयन नगरेका कम्पनीहरुको आईपीओ जारी गर्ने अनुमति रद्ध गरिएको छ, के कति कारणले आईपीओ जारी नभएको हो ? स्पष्ट पार्न भनेका छौं, छलफलका लागि बोलाउने तयारी भैरहेको छ’, बीमा समिति उच्च स्रोतले सिंहदरबारसँग भन्यो ।

GBIME

प्रतिक्रिया दिनुहोस्