Shikhar Insurance

जीवन बीमा कम्पनीको विजनेश १५ अर्ब, नेपाल लाइफ फस्ट हुँदा एलआइसी,नेशनल पछि/पछि

सिंहदरबार संवाददाता
२०७९ भाद्र १७, शुक्रबार १५:३०
NIMB
Nabil Bank

काठमाडौं । जीवन बीमा कम्पनीहरुलेहरुले एक महिनामै १५ अर्ब बढी बीमा शुल्क संकलन गरेका छन् । सञ्चालनमा रहेका १९ जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको पहिलो महिना अर्थात् साउनमा कुल १५ अर्ब ५ करोड ७४ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका हुन् । जसमा प्रथम बमिा शुल्क २ अर्ब २० करोड ३३ लाख रुपैयाँ र १२ अर्ब ८५ करो्ड ४० लाख रुपैयाँ नविकरण बीमा शुल्क संकलन गरेको बीमा समितिको तथ्यांकले देखाएको छ ।

जीवन बीमा कम्पनीहरुको व्यवसायीक विस्तार प्रथम बीमा शुल्कले प्रष्ट पार्छ भने विजनेशको स्थायित्व नविकारण बीमा शुल्कले प्रष्ट्याउँछ । साउन महिनामा प्रथम र नविकरण बीमा शुल्कमै अग्रस्थानमा नेपाल लाइफ इन्स्योरेन्स रहेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

सो अवधिमा कम्पनीले ४७ करोड १३ लाख रुपैयाँ प्रथम र ४ अर्ब ३० करोड २२ लाख रुपैयाँ नविकरण गरी कुल ४ अर्ब ७७ करोड ३६ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको छ । साथै, साउन महिनामा बीमा शुल्क संकलनमा दोसो नम्बरमा लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआइसी) नेपाल र तेस्रोमा नेशलन लाइफ इन्स्योरेन्स रहेको छ ।

साउन महिनामा एलआइसीले ११ करोड ३१ लाख रुपैयाँ प्रथम र १ अर्ब ७७ करोड १७ लाख रुपैयाँ नविकरण गरी कुल १ अर्ब ८८ करोड ४९ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको छ । सो अवधिमा नेशलन लाइफले २९ करोड ८८ लाख रुपैयाँ प्रथम र १ अर्ब ३१ करोड ६७ लाख रुपैयाँ नविकरण गरी कुल १ अर्ब ६१ करोड ५५ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको छ ।

यस बाहेकर चालु आवको साउन महिनामा ५ वटा जीवन बीमा कम्पनीहरुले ५० करोड रुपैयाँमाथि १ अर्ब रुपैयाँसम्म, ९ वटा कम्पनीले १० करोड रुपैयाँमाथि ५० करोड रुपैयाँसम्म र २ वटा कम्पनीले १० करोड रुपैयाँभन्दा कम कुल बीमा शुल्क संकलन गरेका छन् ।

सो अवधिमा प्रथम बीमा शुल्क संकलनको दोस्रो नम्बरमा नेशनल लाइफ, तेस्रोमा सन् नेपाल र चौथोमा ज्योती लाइफ रहेका छन् । भने, र नविकरणको दोस्रो नम्बरमा एलआइसी नेपाल, तेस्रोमा नेशनल लाइफ र चौथोमा युनियन लाइफ रहेका छन् ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्