Shikhar Insurance

बीमा विधेयक स्वीकृतः व्यावहारिक र समय सान्दर्भिक बनाउने अर्थमन्त्री शर्माको प्रतिवद्धता

सिंहदरबार संवाददाता
२०७९ भाद्र २१, मंगलवार १५:१४
NIMB
Nabil Bank

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त बीमा विधेयक, २०७५ माथि विचार गरियोस् भन्ने प्रस्तावलाई स्वीकृत गरेको छ ।अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गरेका उक्त विधेयकलाई बैठकले सर्वसम्मत स्वीकृत गरेको हो ।

राष्ट्रिय सभाले पास गरेको विधेयक पुनः प्रतिनिधिसभामा पेश हुनेछ । प्रतिनिसभाले राष्ट्रिय सभाबाट आएको विधेयकलाई पास गर्नु हुन्छ । राष्ट्रिय सभा र प्रतिनिधिसभाले विधेयक पारित गरेको पत्र सहित लालमोहरका लागि राष्ट्रपतिकोमा पठाइनेछ । राष्ट्रपतिबाट लालमोहर लागे सँगै विधेयक ऐनमा परिणत हुनेछ । राष्ट्रपतिबाट लालमोहर लागेको ऐन सरकारी राजपत्रमा प्रकाशित हुने वित्तीकै यो कार्यान्वयनमा आउनेछ ।

Citizen Life
Kumar Bank
Nepal Life

विधेयकको सैद्धान्तिक पक्षमाथिको छलफलमा सांसद तुलसाकुमारी दाहाल र देवेन्द्र दाहालले प्रश्न गरेका थिए । छलफलमा उठेका प्रश्नको जावाफ दिँदै अर्थमन्त्री शर्माले संविधानको भावना बमोजिम सरकारको समृद्ध राष्ट्र निर्माण गर्ने लक्ष्यलाई सार्वजनिक तथा निजी क्षेत्र र सहकारीताको अधिकतम परिचालन र तीव्र आर्थिक वृद्धि गर्ने लक्ष्यअनुरुप विधेयक ल्याइएको बताए । उक्त विधेयक प्रतिनिधिसभाको सम्बन्धित समितिमा छलफल भई सर्वसम्मत्रुपमा पारित हुँदै प्रतिनिधिसभाबाट पनि पारित भएको र यसलाई बढी व्यावहारिक र समय सान्दर्भिक बनाउन सरकार सकारात्मक रहेको उनले जानकारी दिए ।

हालको बीमा ऐनले बीमाका सबै विषय नसमेटेकाले विधेयकको अपरिहार्यता महसुस गरी सबै सरोकारवालासँगको छलफलपछि यसलाई अघि बढाइएको र प्राप्त सुझावलाई समेत समेटेर विधेयक अघि बढाइने मन्त्री शर्माले विश्वास दिलाए । बीमामार्फत गुणस्तरीय स्वास्थय सेवा प्राप्त गर्ने नागरिकको अधिकार सुनिश्चित् गर्न र जनताको विश्वास कायम गर्न विधेयकले सहयोग पुग्ने उनको भनाइ छ।

विधेयकमा धेरै जसो सैद्धान्तिक कुराहरु अर्थसमितिबाट टुङ्गो लागिसकेकोले पनि दुबै सदनबाट विधेयक सजिलै स्वीकृत भएको हो । यो विधेयक ऐन भएर आउने वित्तीकै बीमा समितिको नाम ‘बीमा प्राधिकरण’को रुपमा परिवर्तन हुनेछ ।

GBIME

प्रतिक्रिया दिनुहोस्