Shikhar Insurance

छुट दिएर जनताका लागि दशैँमा २ करोड बढीको मासु र खाद्यान्नमा खर्च गर्दै सरकार

सरकारी मूल्यमा ३ हजार खसी र च्याङ्ग्रा बिक्री हुँदै
मिरा श्रेष्ठ
२०७९ भाद्र २८, मंगलवार १३:१४
NIMB
Nabil Bank

काठमाडौं । सरकारले यस पटकको चाडपर्वमा जनतालाई ३ करोड ३२ लाख रुपैयाँ बराबर खाद्यान्न र मासु जन्य पदार्थमा छुटको व्यवस्था गर्ने भएको छ । सरकारले खाद्य व्यवस्था तथा व्यापार कम्पनीमार्फत् दशैँ तिहार लक्षित सहुलियतका पसलमा छुट दिएर सो परिमाणमा खर्च गर्ने भएको हो ।

सरकारले यसपालीको चाडपर्व लक्षित सस्तो अर्थात् सहुलिय पसल असोज १ गतेदेखि देशका विभिन्न स्थानमा सञ्चालनमा ल्याउँदै छ । नेपाल खाद्य तथा व्यापार कम्पनीमार्फत् यस्ता पसल काक्तिक १५ गतेसम्म सञ्चालन हुनेछन् । जसमा काठमाडौं उपत्यकामा बग्गीखाना, थापाथली, नक्खु र भक्तपुरमा गरी देशभरीका ४१ वटा जिल्लाका ४४ स्थानमा सरकारले सहुतियका पसल सञ्चालनमा ल्याउने तयारी गरेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

यस्ता पसलहरुमार्फत् जनतामा दशैँमा मासु तथा खाद्यान्नमा छुट दिन बजेट छुट्याइसकको खाद्य व्यवस्था तथा व्यापार कम्पनीको सुचना अधिकारी सर्मिला न्यौपानेले बताइन् ।
‘गत वर्षको तुलनामा छुटको दर पनि बढाइएको छ, गत वर्ष प्रतिकेजी ५ रुपैयाँ छुट दिएका थियौँ भने अहिले ७ रुपैयाँदेखि १० रुपैयाँसम्म छुट दिने गरी बजेट छुट्याइएको छ,’ कम्पनीको सुचना अधिकारी न्यौपानेले सिंहदरबारलाई भनिन्, ‘सो दरमा छुट दिँदा १ करोड ५७ लाख रुपैयाँ खर्च भएको थियो भने यस पटक २ करोड ३२ लाख रुपैयाँ खर्च हुने अनुमान गरी बजेट छुट्याइएको छ ।’ कम्पनीले आफ्नो फाइदाभन्दा चाडपर्वको समयमा उपभोक्तालाई राहत दिनको लागि छुट दिएर खर्च गर्न लागिएको उनले बताइन् ।

गत वर्ष सहुलियतका पसलहरुमा प्रतिकेजी ५ रुपैयाँ छुट थियो भने यसपटकलाई खाद्यान्नमा प्रतिकेजी ७ रुपैयाँ, कर्णालीको चिनी र मासु जन्य पदार्थमा भने प्रतिकेजी १० रुपैयाँ छुट दिने नेपाल खाद्य तथा व्यापार कम्पनीले जानकारी दिएको छ । कम्पनीले हेटौडा, तुलसीपूर र धादिङबाट २ हजार खसी बोका र मुस्ताङबाट १ हजार च्याङ्ग्रा ल्याउने तयारी गरेको छ ।
‘अघिल्ला वर्ष कोभिडको कारणले मुस्ताङका च्याङग्रा ल्याउन सकिएन तर यसपटक भने १ हजार च्याङ्ग्रा र २ हजार खसी बोका ल्याउने तयारी गरिएको छ,’ उनले भनिन्, ‘उपभोक्तामा बिक्री गरिने मूल्य भने किसानसँग खरिद गरी संकलन भएपछि नै तय हुन्छ ।’ कम्पनीले किसानसँगको खरिद, मूल्य ढुवानी खर्च लगायत अन्य खर्चहरु जोडेर आएको मूल्यमा प्रतिकेजी १० रुपैयाँ गरी छुट दिने उनको भनाइ छ । यसका लागि कम्पनीले सम्बन्धित जिल्लाको खरिद समितिसँग समन्वय गरी काम अघि बढाइसकेको छ ।
‘यहाँ बिक्री हुने अघिल्लो दिन सम्बन्धित स्थानमा आइपुग्ने हिसाबले खरिद तयारी भइरहेको छ । मासुबाहेक मुख्य गरी चालम, दाल, ध्यु, तेलका प्रकारहरु सहुलियतका पसलमा सस्तो मूल्यमा बिक्रीमा राखिन्छ ।’–उनले थपिन् ।

खाद्य तथा व्यापार कम्पनीले निजी क्षेत्रबाट सञ्चालित पसलहरुभन्दा सामानहरु कम मूल्यमा बिक्री गर्ने गरेको हुँदा दशैँका सहुलित पसलमा उपभोक्ताले अझै सस्तोमा खरिद गर्न पाउने उनको भनाइ छ ।

सहुलियत पसलमा कुन सामान कति ?
हाल खाद्य व्यवस्था तथा कम्पनीले हाल चामल प्रतिकेजी ४७ रुपैयाँदेखि २२५ रुपैयाँसम्म बिक्री गरिरहेको छ । जसमा ७ रुपैयाँ छुट दिएर बिक्री गर्दा उपभोक्ताले सहुलियका पसलमा चामल प्रतिकेजी ४० रुपैयाँदेखि २१८ रुपैयाँसम्म खरिद गर्न पाउँनेछन् ।

यस्तै, कम्पनीले हाल दाल प्रतिकेजी १४० रुपैयाँदेखि १७५ रुपैयाँसम्ममा बिक्री गरिरहेको छ । दालमा प्रतिकेजी छुट दिएमा उपभोक्ताले सहुलियतको पसलमा प्रतिकेजी १३३ रुपैयाँदेखी १६८ रुपैयाँसम्ममा खरिद गर्न पाउनेछन् । साथै, हाल २० रुपैयाँ कजीको नुन पनि सहुलियतको पसलमा १३ रुपैयाँमै टाइचिन चिउरा ७८ रुपैयाँमा पाइनेछ ।

यसपटकको सहुलियत पसलमा कम्पनीले चामलमा सोना मन्सुली, जिरा मसिनो, मकवानपूरको चामल मार्सी चामल, अरुवा साँवा मसिनो चामल, ब्राउन चामल, वास्मति चामल र स्टिम जिरा चामल बिक्री गर्नेछ । साथै, एसटीसी ग्यास, इन्डक्सन चुलो, कर्णालीको सिमी, फापर,कर्णलीको तिते फापर, बनस्पती ध्यु तेल र विभिन्न प्रकारका गेडागुडीहरु बिक्रीमा राख्नेछ ।

GBIME

प्रतिक्रिया दिनुहोस्