Shikhar Insurance

तिहार मनाउन बैंकबाट २३ अर्ब निक्षेप रूपैयाँ झिकियो, ११ दिनमै ५ अर्ब थप कर्जा प्रवाह

सिंहदरबार संवाददाता
२०७९ कार्तिक १६, बुधबार १४:५१
NIMB
Nabil Bank

काठमाडौं । वाणिज्य बैंकहरुबाट ११ दिनमै २३ अर्ब रुपैयाँ निक्षेप बाहिरीएको छ । गत असोज मसान्तसम्म वाणिज्य बैंकहरुमा कुल ४५ खर्ब ४७ अर्ब रुपैयाँ निक्षेप मौजदात थियो । जुन काक्तिक ११ गतेसम्म आइपुग्दा २३ अर्ब रुपैयाँले घटेर ४५ खर्ब २४ अर्ब रुपैयाँ कायम भएको नेपाल बैंकर्स संघद्वारा पप्त तथ्यांकले देखाएको छ ।

यसबीच नेपालीहरुको दोस्रो महान चार्ड तिहार परेको थियो । ग्राहकले तिहार बिदा सुरु हुनु अघिदेखि नै बैंकमा राखेका पैसा झिक्दा तिहार समाप्त हुँदासम्म सो परिमाणमा बैंकबाट निक्षेप बाहिरीएको हो ।

Citizen Life
Kumar Bank
Nepal Life

काक्तिकको ४ गतेसम्म वाणिज्य बैंकहरुमा ४५ खर्ब ४१ अर्ब रुपैयाँ निक्षेप मौज्दात थियो । एक साताको अवधिमा भने वाणिज्य बैंकहकाबाट १७ अर्ब रुपैयाँ निक्षेप बाहिरीएको हो ।

यस्तै, काक्तिको ११ दिनमा वाणिज्य बैंकहरुले ५ अर्ब रुपैयाँ रुपैयाँ थप कर्जा प्रवाह गरेका छन् । गत असोज मसान्तमा वाणिज्य बैंकहरुले कुल ४२ खर्ब २० अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए । जुन काक्तिक ११ गतेसम्म आइपुग्दा ५ अर्ब रुपैयाँ थप भइ कुल कर्जा प्रवाह ४२ खर्ब २५ अर्ब रुपैयाँ पुगेको छ । काक्तिक ४ गतेदेखि ११ गते अर्थात् एक सातामा भने वाणिज्य बैंकहरुले १ अर्ब रुपैयाँमात्रै थप कर्जा प्रवाह गरेका हुन् ।

यसबीच अर्बौ निक्षेप बाहिरीए पनि तिहारको बिदामा कर्जाको कारोबार नहुँदा वाणिज्य बैंकको औषत कर्जा निक्षेप अनुपात (सीडी रेसियो) पनि सामान्यमात्रै वृद्धि भएको छ । काक्तिक ४ गतेसम्म वाणिज्य बैंकहरुको औषत सीडी रेसियो ८७.२३ प्रतिशत कायम थियो । भने, काक्तिक ११ गतेसम्म ८७.५८ प्रतिशत कायम छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्