Shikhar Insurance

चन्द्र ढकालको आइएमईले पनि आईपीओ जारी गर्ने

सिंहदरबार संवाददाता
२०७९ कार्तिक २५, शुक्रबार १३:१४
NIMB
Nabil Bank

काठमाडौं । व्यवसायी चन्द्र ढकाल नेतृत्वको आइएमई लिमिटेडले आईपीओ जारी गर्ने भएको छ । कम्पनीले सर्वसाधारणलाई सेयर जारी गर्ने विशेष प्रस्ताव सहित २२ औं वार्षिक साधारणसभा बोलाएको हो ।

कम्पनीको कात्तिक २३ गते बसेको सञ्चालक समिति बैठकले मंसिर १६ गतेका लागि साधारण सभा बोलाएको छ । राजधानीमा आयोजना हुने साधारण सभाले सभाले बोनस सेयर जारी गरी चुक्ता पुँजी वृद्धि गर्ने विशेष सभा समेत पास गर्नेछ ।

Citizen Life
Kumar Bank
Nepal Life

कम्पनी संचालक समितिको आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको २०७९ असार मसान्तको वासलात, आर्थिक वर्ष २०७९/८० का लागि लेखापरीक्षक नियुक्ति गर्ने र पारिश्रमिक तोक्ने तथा नयाँ संचालक समितिको चयन गर्ने लगायतका प्रस्ताव सभाबाट पास हुनेछ ।

GBIME

प्रतिक्रिया दिनुहोस्