Shikhar Insurance

सुदुरपश्चिममा आक्रामक व्यवसाय विस्तार गर्दै नेशनल लाइफ, धमाधम अभिकर्ता तालिम

सिंहदरबार संवाददाता
२०७९ मंसिर १०, शनिबार १९:०३
NIMB
Nabil Bank

डडेलधुरा । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले सुदुर पश्चिम प्रदेशको डडेलधुरामा अभिकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीको उपस्थितिमा आयोजित तालिममा कम्पनीको डडेलधुरा कार्यालयमा आबद्ध करिब १५० जना अभिकर्ताहरुको सहभागीता रहेको थियो ।

प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसद खत्रीले कम्पनीको विभिन्न शाखा कार्यलयहरुमा आबद्ध भई बीमा व्यवसाय गर्दै आएका अभिकर्ताहरुलाइ अझबढी ब्यवसायिक बनाउदै उनीहरुको जिवनस्तरमा सकारात्मक परिबर्तन गर्ने र कम्पनीको व्यवसाय समेत प्रबर्द्धन गर्दै लैजाने नीति अनुरुप कम्पनी अघि बढेको सिईओ खत्रीले बताए । कम्पनीले सुदुर पश्चिम प्रदेशलाई उच्च प्राथमिकतासहित मङ्सिर ७ गते महेन्द्रनगरमा, ८ गते धनगढीमा र मङ्सिर ९ गते डडेलधुरामा अभिकर्ता तालिम कार्यक्रम आयोजना गरेको उनले बताए ।

Citizen Life
Kumar Bank
Nepal Life

कम्पनीका मार्केटिङ बिभाग प्रमुख बिबेक शर्माले सहभागी अभिकर्ताहरुलाइ बीमा बिक्रय कला सम्बन्धमा प्रशिक्षण दिएका थिए ।
कर्यक्रममा उत्कृष्ट व्यवसाय गरि डडेलधुरा शाखाबाट चेयरपर्सन क्लबमा छनौट भएका अभिकर्ताहरुलाइ प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले सम्मान पत्रबाट सम्मान पनि गरिएको थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्