Shikhar Insurance

‘विश्वव्यापी आर्थिक मन्दीको बाछिटा नेपालमा पर्यो, याे बर्ष थप संकुचन आउँछ’–गभर्नर अधिकारी

सिंहदरबार संवाददाता
२०७९ पुष २४, आईतवार १३:४५
NIMB
Nabil Bank

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले संसारभरी नै मन्दीको वातावरण सिर्जना भएको बताएका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपालको तेस्रो वार्षिक साधारण सभामा गभर्नर अधिकारीले सन् २०२१ को तुलनामा सन् २०२२ मा विश्व अर्थतन्त्र संकुचित भएको र यो वर्ष थप संकुचित हुने बताएका हुन् ।

‘संसार मन्दीको वातावरणमा गएको छ, सन् २०२१मा विश्वको आर्थिक वृद्धि ६ प्रतिशत थियो, त्योभन्दा सन् २०२२ मा विश्वको आर्थिक वृद्धि संकुचित भयो भने सन् २०२३ मा ३ प्रतिशतमात्रै हुने प्रक्षेपण भएका छन्,’ कार्यक्रममा गभर्नर अधिकारीले भने, ‘त्यसको बाछिटा  नेपालमा पनि परेको छ । निर्माण व्यवसायमा सिक्षित छ, त्यस क्षेत्रको शिथिलताले अरू विषयमा छुँदै गएको छ।’

Citizen Life
Kumar Bank
Nepal Life

यस वर्ष मुलुकलाई थप आर्थिक संकट तर्फ धकेलिनबाट जोगाउँन सबै क्षेत्रले समन्यव गर्नु पर्ने उनले बताए । ‘हामीलाई मूल्य स्थिरता, बाह्य क्षेत्र संतुलन र वित्तीय क्षेत्रको स्थिरता कायम गर्न चुनौती छ । मूल्य स्थिरता, बाह्य क्षेत्रको स्थिरता कायम नराख्दा र वित्तीय स्थायित्व कायम नगर्दासम्म दिगो विकास हाँसिल गर्न सकिन्दैन।’

बाह्य क्षेत्रको मन्दी र शिथिलता नेपालमा भित्रिन नदिनु नै यो वर्षको उपलब्धि हुने उनको भनाइ छ ।

‘निरन्तर मुल्यवृद्धि उच्च हुँदै गएको, बाह्य क्षेत्रको चाप निरन्तर बढ्दै गएको छ । सबै निकायहरुले सहकार्य र समन्वय गरेर यो किसिमको चुनौतिलाई परास्त गर्नुपर्ने छ ।’

मूल्य स्थरिता कायम गर्नु गर्न वाह्य क्षेत्रको दबाव कायमै हुँदा वित्तीय स्थीरता कायम समेत चुनौती रहेको उनको भनाइ छ । समाधानका लागि सबै निकाय सहकार्य र समन्वय आवश्यक छ रहेको उनले बताए ।

GBIME

प्रतिक्रिया दिनुहोस्