Shikhar Insurance

एकै दिनमा १ हजार ४ सय रुपैयाँ घट्यो सुनको मूल्य, चाँदी कति ?

सिंहदरबार संवाददाता
२०७९ माघ २०, शुक्रबार ११:१५
NIMB
Nabil Bank

काठमाडौं । सुनचाँदी बजारमा शुक्रबार छापावाल सुनको मूल्य १ हजार ४ सय रुपैयाँ बढेको छ । शुक्रबार छापावाल सुन प्रतितोला १ लाख ६ हजार १ सय रुपैयाँ कायम भएको हो । अघिल्लो दिन अर्थात बिहिबार छापावाल सुनको मूल्य हाल सम्मकै उच्च  प्रतितोला १ लाख ७ हजार ५ सय रुपैयाँमा खरिदबिक्री भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरण अनुसार शुक्रबार तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ५ हजार ६ सय रुपैयाँ कायम भएको छ ।अघिल्लो दिन अर्थात बिहिबार तेजावी सुनको मूल्य प्रतितोला १ लाख ७ हजार रुपैयाँमा कारोबार भएको थियो ।

Citizen Life
Kumar Bank

त्यसैगरी, शुक्रबार चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला ३० रुपैयाँ घटेर १ हजार ३६५ रुपैयाँ तोकिएको महासङ्घले जनाएको छ ।

महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा नेपालमा दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्