Shikhar Insurance

नेपाल टेलिकमको वार्षिकोत्सवमा रक्तदान

सिंहदरबार संवाददाता
२०७९ माघ २०, शुक्रबार १७:३५
NIMB
Nabil Bank

काठमाडौँ । नेपाल टेलिकमले आयोजना गरेको रक्तदानमा ६५ जनाले रक्तदान गरेका छन् । नेपाल दुरसञ्चार कम्पनी लिमिटेडको १९औँ वर्षिकोत्सवका अवसरमा भद्रकालीस्थित केन्द्रीय कार्यालयमा उनीहरुले रक्तदान गरेको कार्यक्रम संयोजक समिता कोइराला जानकारी दिइन ।

विगतमा एक सय ५० भन्दाबढी कर्मचारी रक्तदानमा भाग लिने गरेकामा पछिल्ला वर्षमा कोरोना, डेङ्गीलगायतका कारण रक्तदान गर्नेको सङ्ख्यामा निकै न्यून रहेको बताइएको छ ।

Citizen Life
Kumar Bank

नेपाल टेलिकम सरकारीस्तरमा सबैचभन्दा धेरै राजस्व बुझाउने सेवा प्रदायक कम्पनी हो । टेलिकमका मुलुकभर डेढ करोडभन्दा बढी ग्राहक छन् । यही माघ २२ गते टेलिकमले आफनो २२ औँ स्थापना दिवस मनाउँदैछ ।

वार्षिकोत्सवका अवसरमा उक्त लिमिटेडले अतिरिक्त क्रियाकलापअन्तर्गत विभिन्न खेलकुद प्रतियोगितासमेत सञ्चालन गरिरहेको छ । रासस

GBIME

प्रतिक्रिया दिनुहोस्