Shikhar Insurance

आवेदन दिएको १५ दिनभित्रै ब्रोकरले शाखा खोल्न पाउने, एसएमइ प्लेटफर्मको ९५% काम सम्पन्न

सिंहदरबार संवाददाता
२०७९ माघ २३, सोमबार १७:१९
NIMB
Nabil Bank

काठमाडौं । नेपाल धितोपत्र बोर्डले धितोपत्र दलाल व्यवसायी (स्टक ब्रोकर) कम्पनीहरुले आवेदन दिएको १५ दिन भित्रै शाखा खोल्न पाउने व्यवस्था गर्ने भएको छ । बोर्डले ब्रोकर कम्पनीले शाखा कार्यालयहरू खोल्न अनुमति लिनुपर्ने व्यवस्था खारेज गर्दै सो व्यवस्था गर्न लागेको हो ।

जसका लागि बोर्ड प्रक्रियाको अन्तिम चरणमा रहेको अध्यक्ष रमेश कुमार हमालले बताए । बोर्डद्वारा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष हमालले भने,–‘पुराना ब्रोकर कम्पनीहरुलाई शाखा सञ्जाल विस्तार गर्न महिनौं लामो प्रकृयामा जानु परेको छ । यसलाई छिटो गर्नका लागि बढीमा १५ दिनभित्रै अनुमति दिनुपर्ने सिस्टम बनाउनको लागि काम अघि बढाएका छौं,’ कार्यक्रममा उनले भने, ‘यसका लागि समिति बनाएर काम अघि बढिसकेको छ भने, कार्यविधिको मस्यौदा बनाएर २/३ पटक छलफल गरी ब्रोकर संघसँग फाइलन दस्तावेजमा छलफल गरी बोर्डमा राख्न प्रस्ताव गइसकेको छ । प्रस्ताव पास भए यही सातामै लागू हुनेछ ।’

Citizen Life
Kumar Bank
Nepal Life

उनका अनुसार अब ब्रोकरले शाखा विस्ताको लागि बोर्डको अनुमति कुर्नु पर्ने छैन । ‘ऐनअनुसार तोकिएको कागजात पूरा गरी निवेदन दिएकोे १५ दिनभित्रै शाखा खोल्न पाउछन्, बोर्डको अनुमति कुर्नु पर्दैन ।’–उनले भने ।

यस्तै, बोर्डले एसएमइ प्लेटफर्म लागू गर्न बोर्ड अन्तिम चरणमा पुगेको जानकारी गराएका छन् । बोर्डको तर्फबाट गर्नु पर्ने सम्पुर्ण काम सकिएको र अर्थमन्त्रालयबाट स्वीकृत भएर आउन बाँकी रहेका उनले जानकारी गराएका हुन् ।

‘एसएमइ प्लेटफर्मको ९५ प्रतिशत काम भइसकेको छ, मन्त्रालयबाट आउने बित्तिकै नियमावली बनाएर नेप्सेले लागू गर्नु र्नै पर्ने हुन्छ,’ उनले भने, ‘एसएमइ प्लेटफर्म लागू भएसँगै लगानीको अवसरसँगै लगानीकर्ताका धेरै स–साना समस्याहरु समाधान हुन्छ ।’

GBIME

प्रतिक्रिया दिनुहोस्