Shikhar Insurance

पाँच कारोबार दिनपछि ३३ अंकले बढ्याे नेप्से, कारोबार रकम १ अर्ब ८० करोड

सिंहदरबार संवाददाता
२०७९ फाल्गुन १०, बुधबार १५:३०
NIMB
Nabil Bank

काठमाडौं । बुधबार सेयर बजार दोहोारो अंकले बढेर बन्द भएको छ । गत साताको सोमबारदेखि निरन्तर पाँचौं कारोबारको दिनमा१३५.८२ अंकले घटेको सेयर बजार बुधबार भने ३३ अंकले बढेको हो ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बुधबार ३३.५७ अ.कले बढेर २,०८०.३८ को विन्दुुका बन्द भएको छ । त्यस्तै, ठुला कम्पनीको सेयर मापक सेन्सेटिभ इण्डेक्स पनि ४.८० अंंकले बढेर ३३९६.३३ को विन्दुमा बन्द भएको हो ।

Citizen Life
Kumar Bank

दिनभरीमा २६९ कम्पनीको ४७ लाख ७९ हजार ७९६ कित्ता सेयर १ अबर्ब ८० करोड ३२ लाख रुपैयाँमा खरिदबिमक्री भए । अघिल्लो कारोबारको दिन अर्थात सोमबार नेप्से परिसूचक २३.६० अंकले घट्दा १ अर्ब ६८ करोड ४९ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री खरिदबिक्री भएको थियो । यसदिन नेप्सेसँगै कारोबार रकममा पनि सामान्य सुधार देखिउको छ ।

कारोबारमा आएको १६५ कम्पनीको सेयर मूल्य बढेको छ ४९ कम्पनीको घटेको छ । भने ३ कम्पनीको सेयर मूल्य स्थिर छ ।

नेप्सेका अनुसार बुधबार लिविर्टी इनर्जी कम्पनीको सेयर मूल्य सबैभन्दा बढी ९.८० प्रतिशतले बढेको छ भने, आर्दश लघुवित्तको सेयर नेगेटिभ सर्किट लेभलमा कारोबार भएको छ ।

कारोबार रकमको आधारमा हिमालयन डिस्टिलरी कम्पनी शीर्ष स्थानमा छ । कम्पनीको १३ करोड २७ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको हो ।
त्यसैगरी, जीवन विकास लघुवित्तको ४ करोड ९२ लाख, ग्लोबल आइएमई बैंकको ४ करोड ६१ लाख, एनआइसी एशीया बैंकको ४ करोड ५२ लाख र न्यादी ग्रुप पावरको ४ करोड १६ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भइ शीर्ष पाँच भित्र छ ।

१३ उपसमूहमध्ये यस दिन ३ उपसमूहको परिसूचक घटेको छ भने बाँकी १० उपसमूहको परिसूचक बढेको छ। यस दिन जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक ३.८५ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन होटल तथा पर्यटन उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी बढेको छ भने विकास बैंक, वित्त, लगानी र निर्जीवन बीमा उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन लघुवित्त उपसमूहको परिसूचक सर्वाधिक १.३८ प्रतिशत घटेको छ।

 

 

GBIME

प्रतिक्रिया दिनुहोस्