Shikhar Insurance

चैतदेखि कर्जाको ब्याजदर १ प्रतिशतले र निक्षेपको ०.४ प्रतिशतले घट्दै, संघले गर्यो यस्तो निर्णय

सिंहदरबार संवाददाता
२०७९ फाल्गुन २५, बिहीबार ११:०६
NIMB
Nabil Bank

काठमाडौं । चैत १ गतेदेखि बैंकको ब्याजदर घट्ने भएको छ । वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघले निक्षेप र कर्जाकै ब्याजदर घटाउने निर्णय गरेको हो ।

बिहीबार बसेको संघको बैठकले चैत १ गतेदेखि लागू हुने गरी साधारण बचतको ब्याजदर ०.४ प्रतिशत र कर्जाको प्रिमियमदर १ प्रतिशतले घटाउने निर्णय गरेको संघका एक सदस्यले सिंहदरबारलाई जानकारी दिए ।

Citizen Life
Kumar Bank
Nepal Life

‘हाल लागू ब्याजदरमा साधारण बचतको ०.४ प्रतिशतले र कर्जाको प्रिमियममा १ प्रतिशतले घटाउने निर्णय गरिएको छ, यो ब्याजदर चैत १ गतेदेखि लागू हुन्छ,’–संघका ती सदस्यले सिंहदरबारसँग भने ।

संघको निर्यायअनुसार चैत १ गतेदेखि वाणिज्य बैंकहरुले साधारण बचतमा न्यूनतम ६ प्रतिशतदेखि अधिकतम ८ प्रतिशतसम्म ब्याज दिने छन् । यसअघिसम्म संघले साधारण बचतछमा न्यूनतम ६.४२ प्रतिशतदेखि अधिकतम ८.४२ प्रतिशतसम्म ब्याजदर दिने सहमति वाणिज्य बैंकहरुले गरेका थिए । व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर भने थपघट नगर्ने निर्णय संघले गरेको छ । चैतमा पनि वाणिज्य बैंकहरुले मुद्दति निक्षेपमा ११.४१ प्रतिशत ब्याज दिनेछन् ।

ब्याजदरको सहमतिमा संघले कर्जाको ब्याजदर समेत घटाउने निर्णय गरेको छ । संघले प्रिमियमदर घटाउँदै कर्जाको ब्याजदर घटाउने निर्णय गरेको हो । हालसम्म वाणिज्य बैंकहरुले अधिकतम ६ प्रतिशतसम्म प्रिमियम लिने सहमति गरेका थिए । जसलाई १ प्रतिशतले घटाएर चैत १ गतेदेखि बेसरेटमा अधिकतम ५ प्रतिशत प्रिमियम जोडेर कर्जाको ब्याजदर निर्धारण गर्न पाउनेछन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्