Shikhar Insurance

एटिएम नभएका ठाउँमा प्रभु बैंकले पीओएसबाट बैंकिङ्ग सेवा दिने

सिंहदरबार संवाददाता
२०७९ चैत्र २, बिहीबार १८:०९
NIMB
Nabil Bank

काठमाडौं । प्रभु बैंक लिमिटेडले विद्यूतीय भुक्तानी कार्ड सम्बन्धी सेवालाई थप सहज बनाउन एटिएम सञ्चालन नभएका शाखा कार्यालयहरुबाट समेत प्रभु बैंकको आफ्नै पीओएस मेसिनबाट सेवा दिने भएको छ । पीओएस मेशिनको माध्यमबाट ग्रीन पीन सेट गर्न, पीआइएन परिवर्तन गर्न र विद्यूुतीय भुक्तानी कार्डको माध्यमबाट नगद झिक्न सकिने अतिरिक्त सेवा उपलब्ध हुनेछन् ।

विद्यूतीय भुक्तानी कार्ड सम्बन्धी सेवा सहज बनाउन नेपाल इलेक्ट्रोनिक्स पेमेण्ट सिस्टम (नेप्स) सँगको सहकार्यमा पिओएस मार्फत् विद्यूतीय भुक्तानी कार्ड सम्बन्धी अतिरिक्त सेवाको शुरुवात गरेको हो । प्रभु बैंकले सञ्चालनमा ल्याएको पिओएस मार्फत् विद्यूतीय भुक्तानी कार्ड सम्बन्धी अतिरिक्त सेवा उपभोग गरी प्रभु बैंकका सम्पूर्ण ग्राहक महानुभावहरुले अधिकतम् लाभ लिनुुहुनेछ भन्ने बैंकले विश्वास लिएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

 

 

GBIME

प्रतिक्रिया दिनुहोस्