Shikhar Insurance

श्रृजनशील लघुवित्त र मानुषी लघुवित्तले गरे समान स्वाप रेसियोमा मर्जरको सम्झौता

सिंहदरबार संवाददाता
२०७९ चैत्र ३, शुक्रबार ११:१८
NIMB
Nabil Bank

काठमाडौं । श्रृजनशील लघुवित्त र मानुषी लघुवित्तबीच आपसमा मर्जर तथा प्राप्तिको सम्झौता भएको छ । यी दुई लघुवित्तले चैत ३ गते शुक्रबार समान स्वाप रेसियोमा आपसमा मर्जर हुने सम्झौता गरेका हुन् ।

काभ्रेको बनेपामा केन्द्रीय कार्यालय रहेको मानुषी लघुवित्त र सिरहाको गोलबजारमा केन्द्रीय कार्यालय रहेको श्रृजनशील लघुवित्त आपसमा मर्जर भएर मानुषी श्रृजनशील लघुवित्त वित्तीय संस्थाको नाममा एकीकृत कारोबार गर्ने सहमति भएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

मर्जर सम्झौतामा मानुषी लघुवित्तका अध्यक्ष पद्माशना शाक्य र श्रृजनशील लघुवित्तका अध्यक्ष राजकुमार श्रेष्ठले हस्ताक्षर गरेका हुन्।

 

GBIME

प्रतिक्रिया दिनुहोस्