Shikhar Insurance

सानिमा रिलायन्स लाइफको सिईओमा शिबनाथ पाण्डे नियुक्त, तलब सुबिधा कति ?

सिंहदरबार संवाददाता
२०७९ चैत्र १२, आईतवार ११:५७
NIMB
Nabil Bank

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीको सिईओमा शिबनाथ पाण्डे नियुक्त भएका छन् । कम्पनी संचालक समितिको निर्णयलाई बीमा प्राधिकरणले स्वीकृत गरेपछि पाण्डे सिईओ बनेका हुन । सानिमा लाईफ र रिलायन्स लाइफ मर्ज भएर सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीको नाम बाट एकीकृत कारोबार थालेका छन् ।

पाण्डेलाई एक वर्षमा तलब भत्तासहित ७२ लाख ६० हजार रुपैयाँ पाउने गरि सिईओ स्वीकृत गरिएको बीमा प्राधिकरणले जनाएको छ । कम्पनीले भने ९० लाख रुपैयाँ दिने प्रस्ताव गरेको थियो । नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक रहेका पाण्डेले यस तत्कालिन सुर्या लाइफ इन्स्योरेन्स कम्पनीको सिईओका रुपमा काम गरेका थिए । उनी चाटर्ड एकाउन्टेन्ट समेत हुन ।

Citizen Life
Kumar Bank
Nepal Life

सानिमा रिलायन्सले चैत ९ गतेबाट एकिकृत कारोबार थालिसकेका छन् । मर्जरका लागि दुई कम्पनीले गत असार २९ गते प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर गरेका थिए । एक बराबर एकको स्वाप रेसियोमा मर्जर भएका दुबै कम्पनीको फागुन १२ गतेको साधारणसभाले मर्जरको प्रस्ताव पास गरेको थियो ।

हाल रिलायन्स लाइफको चुक्ता पूँजी २ अर्ब १० करोड र सानिमा लाइफको २ अर्ब ८ करोड ४० लाख रुपैयाँ रहेको छ । मर्जरपछि एकिकृत कम्पनीको चुक्ता पूँजी ४ अर्ब १८ करोड ४० लाख रुपैयाँ पुग्नेछ । एकिकृत कम्पनीमा कर्मचारीको संख्या ५५० पुगेको छ भने शाखा सञ्जाल १७५ वटा पुगेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्