Shikhar Insurance

भारतीय सेनामाथि कस्मिरमा आक्रमण, पाँच जनाको मृत्यु

सिंहदरबार संवाददाता
२०८० बैशाख ८, शुक्रबार ०९:३४
NIMB
Nabil Bank

काठमाडौं । चरमपंथीहरुको आक्रमणमा परि कस्मिरमा पाँच जना भारतीय सेनाको मृत्यु भएको छ । भारतीय सेनाले आतंकवादी आक्रमणमा मृत्यु भएका आफ्ना पाँच सैन्य जवानहरुको नाम सार्वजनिक गरेको हो । भारतीय सेनाका अनुसार आतंकवादी आक्रमणमा मारिने सेनाहरुमा हवलदार मनदीप सिंह, नायक देवाशीष बसवाल, नायक कुलवंत सिंह, सिपाही हरकृष्ण सिंह र सिपाही सेवक सिंह छन् ।

भारतीय सेनाको नर्दन कमाण्ड हेडक्वाटरबाट जारी विज्ञप्ति अनुसार बिहीबार दिउँसो करिब ३ बजे सेना चढेको गाडीमा चरमपन्थीहरुले हाते ग्रिनेडले आक्रमण गरेका थिए । त्यसपछि गाडीमा आगलागी भएको थियो ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्