Shikhar Insurance

नेपाली सेनामा साढे ४ हजारलाई जागिर खुल्यो

सिंहदरबार संवाददाता
२०८० बैशाख ८, शुक्रबार १०:०२
NIMB
Nabil Bank

काठमाडौं । नेपाली सेनामा साढे ४ हजारका लागि जागिर खुलेको छ । सेनाले शुक्रबार सार्वजनिक सूचना प्रकाशित गदएै ४ हजार ५ सय जनशक्तिका लागि आवेदन मागेको हो ।

कुल आवेदनमध्ये सैन्य परिवार तर्फबाट २ सय २५ जना छन् । यसमा सैनिक तालिम वा आफ्नो कर्तव्य गर्दा गर्दै कुनै शारीरिक चोट पटक लागि सोही कारणबाट शारीरिक रुपमा अशक्त भएका र कर्तव्य पालनाको सिलसिलामा मृत्यू भएका नेपाली सैनिकका सन्ततीले आवेदन दिन सक्नेछन् ।

Citizen Life
Kumar Bank
Nepal Life

खुलातर्फ २ हजार ३ सय ५१, महिला ३ सय ९०, आदिवासी जनजाति ६ सय १७ जना, मधेशी ५ सय ४० जना, दलित २ सय ८७ जना र पिछडिएको क्षेत्रबाट ९० जना छुट्याइएको छ।

सैन्य पदको लागि कक्षा ८ उतिर्ण गरेको तथा १८ वर्ष पूरा भई २२ वर्ष ननाघेको हुनु पर्ने छ । कार्य रथी विभाग जङ्गी अड्डाले अनलाइन मार्फत फारम भर्न सकिनेछ ।

GBIME

प्रतिक्रिया दिनुहोस्