Shikhar Insurance

चपेटामा बैंकिङः चैत मसान्तमा ‘नेगेटिभ रेकर्ड’हरुको बहार

सिंहदरबार संवाददाता
२०८० बैशाख ८, शुक्रबार ११:५७
NIMB
Nabil Bank

काठमाडौं । बाणिज्य बैंकहरुले तेश्रो त्रैमासिक अर्थात चैत मसान्तसम्मको अपरिस्कृत वित्तिय विवरण सार्वजनिक गरेका छन् जसमा रेकर्ड नै रेकर्ड कायम भएको देख्न सकिन्छ । लामो समयपछि बैंकहरुको नाफामा उल्लेख्य वृद्धि हुन सकेन् । कुल २१ मध्ये एक तिहाई अर्थात ७ वटा बैंकहरुको नाफा वृद्धि हुन सकेन् बरु उल्टै घट्न पुगेको छ । खराब कर्जाले पनि नयाँ रेकर्ड कायम गर्यो । उता, खराब कर्जा वापतको प्रोभिजनले पनि नयाँ रेकर्ड नै बनाएको छ । त्यसो त बैंकहरुको वितरणयोग्य नाफाको आँकडा पनि १० अर्ब आसपासमा खुम्चिएको छ । अर्थात २०७९ चैत मसान्तको अपरिस्कृत वित्तिय विवरण एक प्रकारले रेकर्डहरुको बहार नै सावित भएको छ ।

नेपालमा लागु भएको लेखाप्रणाली एनएफआरएस अनुसार असुल नभएको ब्याजलाई पनि आम्दानी जनाउनुपर्ने व्यवस्था छ, जसका कारण बैंकहरुको नाफा आँकडामा केहि बढी देखिन्छ । तर नेपाल राष्ट्र बैंकले भने अनुसार असुल नभएको ब्याजलाई रेगुलेटरी रिजर्भमा छुट्याएर बाँकी रहेको नाफालाई मात्रै सेयधनीलाई बाँड्न सक्ने (वास्तविक नाफा) को अवस्था भने खराब देखिन्छ । वाणिज्य बैंकहरुको चालु आर्थिक वर्षको तेस्रो त्रैमामसम्ममा (अपरिस्कृत वित्तीय विवरण) ४८ अर्ब ७० करोड रुपैयाँ नाफा कमाएको देखिन्छ ।

Citizen Life
Kumar Bank
Nepal Life

गत आर्थिक वर्षको यहि अवधीमा त्यस्तो नाफा ४३ अर्ब ६१ करोड रुपैयाँ थियो । यसरी हेर्दा बैंकहरुको नाफा ११.६७ प्रतिशतले वृद्धि नै भएको देखाउँछ । तर बैंकहरुले यसपाली ९ महिनामा कमाएको नाफामा मर्जर तथा प्राप्तिबाट आएको रकमको हिस्सा पनि ठूलो छ ।

लगानीकर्तालाई बाड्न मिल्ने नाफा १० अर्ब मात्रै
बैंकहरुको नाफा ४८ अर्ब ७० करोड पुगे पनि सेयरधनीलाई वितरण गर्न मिल्ने नाफा भने १० अर्ब २२ करोड मात्रै छ । कृषि विकास बैंक, सनराइज बैंक, सिद्धार्थ बैंक, नेपाल बैंक, कुमारी बैंक र एनआईसी एशिया बैंकको भने नियामकिय व्यवस्थापछि सेयरधनीलाई बाँड्न मिल्ने रकम नोक्सानीमा छ ।

७ बाट ३१ पुग्यो प्रोभिजन
चैत मसान्तसम्ममा २१ वाणिज्य बैंकहरुले सम्भावित कर्जा नोक्सानीका लागि ३१ अर्ब ३२ करोड रुपैयाँ प्रोभिजन गरेका छन् । गत आर्थिक वर्षको सोहि अवधिमा यिनै २१ बैंकले जम्मा ७ अर्ब ८५ करोड २५ लाख रुपैयाँ मात्रै प्रोभिजन गरेका थिए । यसपाली कुमारी बैंकले सबै भन्दा धेरै ३ अर्ब ९६ करोड रुपैयाँ प्रोभिजन गरेको छ भने नबिल बैंकले ३ अर्ब ३३ करोड प्रोभिजन गरेको छ । बिओकेलाई गाभेको ग्लोबल आईएमई बैंकले पनि २ अर्ब ७१ करोड रुपैयाँ प्रोभिजन गरेको देखिन्छ ।
त्यस्तै हिमालयन बैंकले २ अर्ब ४५ करोड, सिद्धार्थ बैंकले २ अर्ब १६ करोड र कृषि विकास बैंकले २ अर्ब १२ करोड रुपैयाँ सम्भाविक कर्जा नोक्सानीका लागि प्रोभिजन गरेका छन् ।

खराब कर्जाको खराब रेकर्ड
२१ वटै वाणिज्य बैंकको निष्कृय कर्जा ठूलो मात्रामा बढेको देखिन्छ । यसपाली बाणिज्य बैंकहरुको खराब कर्जा औषतमा ३.०३ प्रतिशत पुगेको छ । खराब कर्जाको औषत वृद्धिदर नै १.८१ प्रतिशत पुगेको देखिन्छ ।
तिमध्ये पनि कृषि विकास बैंक ४.३५, हिमालयन बैंक ४.५६ र नेपाल बैंक ४.१६ पुगेको छ ।

ति बाहेक कुमारी बैंकको खराब कर्जा ३.९७ प्रतिशत छ भने नबिलको ३.८७ प्रतिशत छ । नेपाल इन्भेष्टमेण्ट मेगाको ३.९४ प्रतिशत पुग्दा ग्लोबल आइएमईले पनि ३.९६ प्रतिशत छोएको छ । प्रभु बैंकले ३.४८ प्रतिशत कायम गरेको छ । कुमारी, नबिल, हिमालयन, ग्लोबल, प्रभु र नेपाल इन्भेष्टमेण्ट मेगाले पनि मर्जर तथा प्राप्तिका कारण खराब कर्जाको आँकडा बढाउन बाध्य भएका हुन् । यी बाहेक सिद्धार्थ ३.९५, प्राइम कमिर्सयल बैंक ३.०६, सिटिजन्स बैंक ३.९८, सनराइज ३.६२ र राष्ट्रिय बाणिज्य बैंक ३.८८ प्रतिशत छन् ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्