Shikhar Insurance

कृषिसँग सम्बन्धित क्षति र बिमालेखको दाबी रोकियो

सिंहदरबार संवाददाता
२०८० जेष्ठ २, मंगलवार १४:५१
NIMB
Nabil Bank

काठमाडौं। नेपाल बिमक संघले  नेपाल सरकारबाट प्राप्त हुनुपर्ने बाँकी बक्यौता अनुदान पूर्णरूपमा प्राप्त नहुन्जेल कृषिसँग सम्बन्धित सबै बिमाको बिमालेख जारी गर्न र सोसँग सम्बन्धित क्षतिको दाबी भुक्तानी दिन कम्पनीहरू असमर्थ रहेको जनाएको छ ।

बिमालेखको बिमाकमा कृषि विभागको असहमति रहेको बताउँदै बिमांक यकिन नगरी दाबी भुक्तानी दिन नसकिने भएकोले जेठ ७ गतेदेखि कृषिसँग सम्बन्धित बिमालेखहरु जारी गर्न तथा दाबी भुक्तानी दिन स्थगन गरिने जानकारी संघले दिएको हो ।

Citizen Life
Kumar Bank
Nepal Life

नेपाल बिमा प्राधिकरणले जारी गरेको कृषि बिमा निर्देशिका बमोजिम कार्य गरेका कम्पनीहरूको अनुदान रोकेकोमा संघले आपत्ति जनाएको छ । यसले नेपाल सरकारको कृषि योजनामा नै नकारात्मक प्रभाव पार्ने बताउँदै संघले नियामक निकाय नेपाल बीमा प्राधिकरण, कृषि विभाग र कृषि तथा पशुपन्छी मन्त्रालयको गम्भीर ध्यानाकर्षण गराएको छ ।

अनुदान रकम उपलब्ध गराउन नेपाल सरकार कृषि तथा पशुपन्छी मन्त्रालय, कृषि विभाग र नेपाल बीमा प्राधिकरणलाई पटक पटक मौखिक तथा लिखित अनुरोध गर्दा समेत हाल सम्म प्राप्त नभएको कारणले बीमा कम्पनीहरू अत्यधिक जोखिममा रहेको संघको भनाइ छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्