Shikhar Insurance

अप्रिलियाको नयाँ स्कुटर एसएक्सआर १६० नेपाली बजारमा

सिंहदरबार संवाददाता
२०७७ फाल्गुन २५, मंगलवार ११:५१
NIMB
Nabil Bank

काठमाडौँ । अप्रिलियाले नयाँ स्कुटर एसएक्सआर १६० आधिकारीक स्कुुटर नेपाली बजारमा सार्वजनिक गरेको छ । बीएस सिक्स मापदण्डयुक्त सो स्कुटरलाई दुगड ब्रदर्स एन्ड सन्स (एम भि दुगड ग्रुप) ले  सोमबार हाेटल म्यारिएटमा एक कार्यक्रमका बीच सार्वजनिक गरेको हो ।
स्कूटरको मूल्य ४ लाख ९ हजार ९ सय रुपियाँ निर्धारण गरिएको छ । अप्रिलिया एसएक्सआर १६० ग्लसी रेड, म्याट ब्लु, ग्लसी ह्वाइट र म्याट ब्ल्याक कलरमा उपलब्ध छ ।
उक्त स्कूटर एफआई अर्थात फ्युल इन्जेक्सन र एबीएस अर्थात एन्टी लक ब्रेकिङ सिस्टम छ भने यो बीएस सिक्स मापदण्डमा आधारित इन्जिन सहितको छ । जसले ७१०० आरपीएममा ११ पीएसको पावर जेनेरेट गर्छ । सो स्कुटरमा डिस्क ब्रेक र एडजस्टेबल रियर सस्पेन्सन पनि रहेको छ । साथै आरामदायक यात्राको लागि इर्गोनोमिक्स पनि रहेको छ ।

अप्रिलिया एसएक्सआर १६० स्कुटरको बुकिङ भने नेपालमा करिब डेढ महिना पहिले नै खुलिसकेको थियो ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्