Shikhar Insurance

सिएट टायरको ‘सिएट सपी’ बालकुमारी ललितपुरमा

सिंहदरबार संवाददाता
२०८० जेष्ठ १४, आईतवार १४:५८
NIMB
Nabil Bank

काठमाडौं । नारायणी अटो बिजनेस प्रालिले ‘सिएट सपी’ नामक सिएट टायरको नयाँ सोरुम ललितपुरको बालकुमारीमा सुरु गरेको छ । यसको उद्घाटन सिएट इंडियाअन्तर्गत अन्तर्राष्ट्रिय व्यापारका भाइस प्रेसिडेन्ट सत्य रावले आज आइतबार शुभारम्भ गरे ।

रावले भने, “सिएट टायरको यस नयाँ सोरुमले नेपाली ग्राहकहरुको बदलिँदो इच्छा एवं आवश्यकतालाई सर्वाेत्कृष्ट ढंगले परिपूर्ति गर्ने कुरामा मलाई पूर्णविश्वास छ ।” उनले सिएट, इंडिया नारायणी अटो बिजनेससँग निरन्तर प्रभावकारी सहकार्य गरी भविष्यमा सिएट ब्रान्डको छविलाई नेपाली बजारमा अझ सुदृढ बनाउन उत्सुक रहेको पनि जानकारी दिए ।

Citizen Life
Kumar Bank
Nepal Life

यस्तैगरी, नारायणी अटो बिजनेसका प्रबन्ध निर्देशक अनुप बरालले सिएट जस्तो गुणस्तरीय टायर ब्रान्डसँग जोडिन पाउँदा आपूmलाई हर्ष एवं गौरवको अनुभव भएको बताए । यस सोरुम नेपाली बजारमा निरन्तर वृद्धि भइरहेको सिएटको मागलाई सम्बोधन गर्न एक कोसेढुंगा सावित हुने पनि उनले बताए ।

कार्यक्रममा बोल्दै सिएट, इंडियाका नेपाल र भुटानका कन्ट्री मेनेजर राजपाल चड्डाले सिएट टायरको गुण एवं विशेषताहरुबारे प्रस्ट पारे । यस्तै, सिएट टायरका नेपालस्थित आधिकारिक विक्रेता एसटिसीका प्रबन्ध निर्देशक सुरेन्द्रकुमार उप्रेतीले भने, “यस टायर लामो समयदेखि नेपाली ग्राहकहरुको पहिलो रोजाइ पर्न सफल ब्रान्ड हो । हामी निरन्तर ग्राहकहरुलाई गुणस्तरीय एवं भरोसायोग्य तवरले सेवा प्रदान गर्न प्रतिबद्ध छौं ।”

यस नयाँ शाेरुमको उद्घाटनको अवसरमा सिएट टायरको मोडेल अनुरुप ५ देखि १५ प्रतिशतसम्म छुट प्रदान गरिने कम्पनीले जानकारी गराएको छ ।

अन्य टायरभन्दा उत्कृष्ट कार्यक्षमताका लागि सिएटले फाइभ स्टारको मान्यता प्राप्त गरेको छ । गाडीहरुको चक्कामा सरल एवं सन्तुलित तवरले प्रयोग गर्न सकिने सिएटमा सुरक्षाका विशेषताहरुले पनि सम्पन्न छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्