Shikhar Insurance

पुराना ५० वटा ब्रोकरले ७० प्रतिशतसम्म नाफा खाएका छन्ः अध्यक्ष हमाल

सिंहदरबार संवाददाता
२०८० असार ५, मंगलवार ०८:४०
NIMB
Nabil Bank

काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले लगानीकर्ताको १५ वर्ष देखिको माग आफूले पूरा गरेको दाबी गरेका छन् । संसदको अर्थ समिति बैठकमा बोल्दै अध्यक्ष हमालले पुँजी बजारका लगानी कर्ताहरुले १५ वर्षदेखि माग गरेको खुला ब्रोकर प्रणाली र बैंकका सहायक कम्पनीलाई लाइसेन्स भन्ने माग पूरा गरेको बताएका हुन् ।

अध्यक्ष हमालले नेपालमा पहिलोपटक तीन प्रकारका ब्रोकर सेवाको लाइसेन्स दिएको पनि बताए ।अध्यक्ष हमालले ब्रोकर लाइसेन्स वितरण गर्दा ५० वटा ब्रोकरहरु राज्यले संरक्षण गरेको जस्तै भयो भनेर महालेखाको प्रतिवेदन मै उल्लेख भएको पनि उनले बताए ।

Citizen Life
Kumar Bank
Nepal Life

५० ब्रोकरले ७० प्रतिशत नाफा कमाएको दाबी पनि उनले गरे । अध्यक्ष हमालले महालेखाको प्रतिवेदन उदृत गर्दै टप १० ब्रोकरको आम्दानी ८८ प्रतिशतसम्म रहेको दाबी पनि सुनाए ।

GBIME

प्रतिक्रिया दिनुहोस्