Shikhar Insurance

तिनाउ मिसन प्राप्तिपछि सिटिजन्सको एकिकृत कारोबार चैत १४ गतेदेखि

सिंहदरबार संवाददाता
२०७७ चैत्र १०, मंगलवार १४:१६
NIMB
Nabil Bank

काठमाडौं । तिनाउ मिसन डेभलपमेन्ट बैंकलाई प्राप्ति गरेर सिटिजन्स बैंकले चैत १४ गतेबाट एकीकृत कारोबार गर्ने भएको छ। नेपाल राष्ट्र बैंकले चैत ९ गते सोमबार एकीकृत कारोबारका लागि अन्तिम स्वीकृति दिएपछि दुबै संस्था एक भएर १४ गतेबाट कारोबार गर्न लागेका हुन् ।
तिनाउ मिसन प्राप्तिपछि पनि बैंकको नाम भने सिटिजन्स बैंक इन्टरनेशनल नै रहनेछ ।

यी दुई बैंकले गत कात्तिक १ गते प्राप्तिका लागि प्रारम्भिक समझदारीमा हस्ताक्षर गरेका थिए। सिटिजन्स र तिनाउ मिसनको स्वाप रेसियो १ः०.९६ कायम गरिएको थियो । चैत १३ गते ३ बजेदेखि १४ गते बिहानसम्म दुबै संस्थाको बैंकिङ सेवा, एटीएम, कार्ड सेवा, मोबाइल तथा अनलाइन बैंकिङ सेवा चल्ने छैन् ।

Citizen Life
Kumar Bank
Nepal Life

 

GBIME

प्रतिक्रिया दिनुहोस्