Shikhar Insurance

युवा उद्यमशीलता शिखर सम्मेलनको इन्टरनेट पार्टनरमा वर्ल्डलिंक

सिंहदरबार संवाददाता
२०८० श्रावण ३१, बुधबार १८:२०
NIMB
Nabil Bank

काठमाडौं । नेपाल सरकार, राष्ट्रिय युवा परिषद्, बागमती प्रदेश सरकार र नेपाल बिजनेस इन्स्च्यिुट (एनबीआई) ले संयुक्त रुपमा आयोजना गर्ने नेपाल युवा उद्यमशीलता सिखर सम्मेलनको तेस्रो संस्करणमा वर्ल्डलिंक कम्युनिकेसन इन्टरनेट साझेदारका रुपमा सहकार्य गर्ने भएको छ ।

सम्मेलनमा सहकार्यबारे बुधवार सम्मेलन मूलआयोजक कमिटीका संयोजक विशाल गैरे र वर्ल्डलिंक कम्युनिकेसनका सञ्चालक मनोज अग्रवालबिच समझदारीपत्रमा हस्ताक्षर भएको हो । डिजिटल नेपाल निमार्णमा सहकार्य गरिरहेको वर्ल्डलिंकले युवा उद्यमीहरुलाई प्रोत्साहन र उद्यमशीलताको बातावरण निमार्णका लागि सम्मेलनमा साझेदारी गरेको वर्ल्डलिंकका सञ्चालक मनोज अग्रवालले बताए ।

Citizen Life
Kumar Bank
Nepal Life

उनका अनुसार वर्ल्डलिंकले संस्तो, गुणस्तरीय र सर्वसुलभ इन्टरनेट प्रदान गरी देशभरकै युवाहरुलाई इन्टरनेटको पहुँच ल्याउनका लागि प्रयास गरिरहेको छ । त्यसैगरी नेपाल बिजनेस इन्स्च्यिुटका अध्यक्षसमेत रहेका सम्मेलनका संयोजक विशाल गैरेले युवाहरुलाई प्रोत्साहित गर्ने, स्टार्टअप उद्यमहरुलाई सहजिकरण गर्ने, सरकारको नीति, कार्यक्रम र बजेट युवाद्यमीमैत्री बनाउने तथा नेपालको युवा उद्यमशीलतामार्फत समृद्धि हासिल गर्नका लागि युवा उद्यमशीलताको भिजन डकुमेन्ट २०३० का निमार्ण एवं कार्यान्वयनका लागि यो सिखर सम्मेलन उपलिब्धमूलक हुने बताए । उनका अनुसार ७० जिल्लामा ५ सय युवा उद्यमीह शिखर सम्मेलनमा सहभागी हुने छन् ।

प्रधानमन्त्रीले समुद्घाटन गर्ने यो वर्षको सम्मेलनमा “युवा नर्वप्रवर्तनः लगानी र समृद्धि” भन्ने मूल नारा तय गरिएको छ । यो सम्मेलनले कोभिड-१९ र पछिल्लो बित्तिय चुनौतीको समाधान पहिल्याउन तथा युवा उद्यमशीलता प्रवर्द्धनका लागि लगानीका प्राथमिकता प्राप्त क्षेत्रको पहिचान गरी स्टार्टअप उद्यममा युवाहरुको आकर्षण बनाउनका लागि, युवा उमेर समूहका उद्यमी बन्न चाहने युवाहरु, उद्यम गरिरहेका युवाहरु र स्टार्टअपमा लगानी गरिरहेका लगानीकर्ताबीचको उच्चस्तरीय नेटवर्किङ र लगानी सम्झौताका लागि र युवाहरुमा वित्तीय पहुँच, सरकारी निति, करनिति, स्टार्टअप प्रोगाम, स्टोरी सियरिङ, समुहगत छलफल, र स्टाटअर्प बिजनेसबारे युवा उद्यमीहरुको क्षमता अभिवृद्धि र उद्यमको वृद्धि विकासमा यो सिखर सम्मेलन महत्वपुर्ण हुने आयोजकको बिश्वास रहेको छ ।

सम्मेलनलमा युवा उद्यमशीलताको बिकास, प्रवद्र्धन र बिस्तारबारे उच्चस्तरको परिसंवाद, अनुभव आदानप्रदान, स्टोरी सेयरिङ्, समुहगत छलफल, नेटवकीङ्, सफल युवा उद्यमीहरुको प्रस्तुति, कम्पनी दर्ता र उद्यमी कर्जा डेक्समार्फत परामर्ष, उद्यमी मेला, बिश्व बजारमा भइरहेका नवप्रवर्तनीय कार्यको प्रर्दशनी, लगानी सम्झौतालगायतका कार्यक्रमहरु रहेका छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्