Shikhar Insurance

नेपाल पर्यटन बोर्डद्वारा बंगलादेशी पर्यटकलाई विमानस्थलमा स्वागत

सिंहदरबार संवाददाता
२०८० भाद्र १, शुक्रबार १४:५०
NIMB
Nabil Bank

काठमाडौं । जहाज चार्टर्ड गरेर नेपाल भ्रमणमा आएका बंगलादेशी पर्यटकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरिएको छ ।

विमान बंगलादेश एयरलाइन्सबाट काठमाडौं ओर्लिएका १ सय ४५ पर्यटकलाई नेपाल पर्यटन बोर्डको नेतृत्वमा स्वागत गरिएको हो । पञ्चेबाजासहित पर्यटन व्यवसायीले बंगलादेशी पर्यटकलाई स्वागत गरेका हुन् ।

Citizen Life
Kumar Bank
Nepal Life

आजै साँझ हिमालय एयरलाइन्सबाट थप बंगलादेशी पर्यटक नेपाल आउने कार्यक्रम छ । आज र भोलि गरेर सात सय पर्यटक नेपाल आउने बंगलादेशी पर्यटकको ‘ग्राउन्डह्यान्डलिङ’को जिम्मा लिएको सम्राट टुर एन्ड ट्राभल्स प्रालिले जनाएको छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सिएन पाण्डेका अनुसार बंगलादेशबाट उडानमार्फत नेपाल आउन लागेको उक्त टोली हालसम्मकै ठूलो हो । बंगलादेशको राजधानी ढाकामा रहेको माउन्टेन क्लब टुरमार्फत बंगलादेशी पर्यटक नेपाल आएका हुन् ।

नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेले ठूलो सङ्ख्यामा नेपाल भित्रिने बंगलादेशी पर्यटकको प्रचार-प्रसारबाट थप पर्यटक आकर्षण गर्न मद्दत पुग्ने उल्लेख गरे।

GBIME

प्रतिक्रिया दिनुहोस्