Shikhar Insurance

प्रभु क्यापिटलका हितग्राही ग्राहकले गुहेश्वरी डेन्टलको सेवामा आकर्षक छुट पाउने

सिंहदरबार संवाददाता
२०८० भाद्र ३, आईतवार १८:२९
NIMB
Nabil Bank

काठमाडौं । प्रभु क्यापिटलमा डिम्याट खाता खोलेका सम्पूर्ण हितग्राही ग्राहकहरुको गुहेश्वरी डेन्टल मल्टिस्पेशालिटी एण्ड इम्प्लान्ट हब प्रा.लिमा आकर्षक छुट पाउने भएका छन् ।

छुट सम्बन्धी सम्झौतापत्रमा क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत आशिष गौचन र गुहेश्वरी डेन्टल मल्टिस्पेशालिटी एण्ड इम्प्लान्ट हबको तर्फबाट संचालक दिपेश गोर्खालीले हस्ताक्षर गरेका हुन ।

Citizen Life
Kumar Bank
Nepal Life

क्यापिटलका ग्राहकहरुले गुहेश्वरी डेन्टल मल्टिस्पेशालिटी एण्ड इम्प्लान्ट हब प्रा.लि.मा सेवा लिदाँ १५ प्रतिशत छुट पाउन सक्छन् । यस सम्झौताबाट लाभ लिन हितग्राहीहरुले बिल पेमेन्ट गर्दा प्रभु क्यापिटल लिमिटेडमा हितग्राही खाता रहेको जानकारी सहित हितग्राही खाता नम्बर गुहेश्वरी डेन्टल मल्टिस्पेशालिटी एण्ड इम्प्लान्ट हब प्रा.लिलाई उपलब्ध गराउनु पर्नेछ ।

यस अफरको लाभ क्यापिटलका हितग्राही ग्राहकले छुट सम्झौता भएको मितिबाट १ वर्ष सम्म लिन सक्नेछन् । प्रभु क्यापिटलले समयानुसारकोे प्रविधि अपनाउँदै आफ्ना ग्राहकलाई सहज तरिकाले सेवा प्रदान गर्दछ । हाल प्रभु क्यापिटलले २ लाख ३० हजार माथि हितग्राही ग्राहकलाई डीपी सेवा प्रदान गरिरहेको छ ।

ललितपुर, पुलचोकमा रहेको गुहेश्वरी डेन्टल अत्याधुनिक उपकरणबाट सेवा प्रदान गरिरहेको छ । ग्राहकहरुले डेन्टल चेकअप, डेन्टल फिलिङ्ग, तिथ ब्लीचिंग, डेन्टल एक्सट्राक्सन, तथा अन्यसेवा लिन सकिने क्यापिटलले जनाएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्