Shikhar Insurance

स्टार्टअप व्यवसायीलाई बोलाएर अर्थमन्त्रीले सोधेः बजेटमा तपाईंहरूलाई के चाहियो ?

सिंहदरबार संवाददाता
२०७७ चैत्र १९, बिहीबार १९:५४
NIMB
Nabil Bank

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नव उद्यमीहरूलाई बोलाएर बजेटले सम्बोधन गर्नुपर्ने विषय सोधेका छन् । मन्त्री पौडेलले स्टार्टअपमा लागेका युवाहरूलाई छलफलमा डाकेर आगामी बजेटमार्फत् केकस्ता समस्या समाधान गरिनुपर्ने जानकारी लिएका हुन् ।

बजेट लेखन कार्यले तीब्रता पाउँदा पछिल्लो मन्त्रालय तथा मन्त्री पौडेल छलफलमा व्यस्त छन् । आजै मन्त्रीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग छलफल गरेको थियो ।

Citizen Life
Kumar Bank
Nepal Life

युवा उद्यमीसँगको भेटमा मन्त्री पौडेलले नयाँ उद्यमशील युवाहरू केकस्तो गरिरहेका छन् ? के कस्ता समस्या सामना गरिरहनु परेको छ ? बजेटले कस्तो सपोर्ट गरिदिनुपर्‍यो ? भन्ने जिज्ञासा राखेका थिए ।

बजेटमार्फत् हुने सहयोगले उनीहरूको व्यवसाय प्रवर्द्धन होस् भन्ने हेतुले मन्त्रीले छलफलका लागि बोलाएका हुन् ।

मन्त्रीसँगको छलफलमा पुगेका युवाले स्टार्टअप कार्य ५ प्रतिशतमात्र सफल हुने जिकिर गरे । यस्तो व्यवसायमा अत्यन्तै जोखिम हुने, सानो स्केलमा सुरू गर्नुपर्ने र नयाँ आईडियालाई मुर्तरूप दिने प्रयोगशाला स्टार्टअप बिजनेस रहेको उनीहरूले बताए ।

नेपाल उद्योग वाणिज्य महासंघको स्टार्टअफ एन्ड इनोभेसन समितिका सभापति रञ्जित आचार्यको नेतृत्वमा पुगेको टोलीले आइडिया सफल हुने जस्तो देखिएपछि ‘इन्क्युबेसन’ गर्नुपर्ने आवश्यकता औंल्याएको थियो । सरकारले सोही प्रक्रियाका लागि नवप्रवर्तन पुँजी जुटाइदिने व्यवस्था पनि गरेको छ । तर, प्रक्रियागत झन्झटले उनीहरूले सरकारी सहयोगको पुँजी जुटाउन पछि परेको अर्थमन्त्रीसामु गुनासो गरे ।

रजिस्ट्रेसनमा समस्या नभएको उनीहरूको भनाइ थियो । तर, प्रक्रिया पुराउन धेरै ठाउँ चाहार्नुपर्ने वाध्यता रहेको बताउँदै टोलीले जवाफ दियो, “अहिलेका युवा सरलता खोज्छन् । स्टार्टअपमा लागि एउटै पोर्टल आवश्यक छ । सबै सूचना एउटै बिन्दुमा हुनुपर्छ ।”

GBIME

प्रतिक्रिया दिनुहोस्