Shikhar Insurance

कृषि समितिले जलस्रोत र सिँचाइको क्षेत्राधिकार फर्काउन पहल गर्ने

सिंहदरबार संवाददाता
२०८० भाद्र १७, आईतवार १७:२६
NIMB
Nabil Bank

काठमाडौं । प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले ऊर्जा, जलस्रोत र सिंचाइका सम्बन्धमा छलफल गर्ने संसदीय समितिको क्षेत्राधिकार फर्काउन पहल गर्ने निर्णय गरेको छ ।

संसदीय समितिकाे आइतबार बसेको बैठकमा सांसदहरुले जलस्रोत र सिँचाइबिना कृषि समितिले गर्ने अध्ययन अपूरो हुने बताएका थिए । त्यसआधारमा समितिले जलस्रोत र सिँचाइ कृषि समितिको क्षेत्राधिकारमा फर्काउन पहल गर्ने निर्णय गरेको हो।

Citizen Life
Kumar Bank
Nepal Life

समिति सभापति डा. आरजु राणाका अनुसार अब सभामुखलाई भेटेर समितिको निर्णय कार्यान्वयनका लागि आग्रह गरिनेछ ।

प्रतिनिधिसभाको अघिल्लो कार्यकालमा ऊर्जा मन्त्रालय, जलस्रोत तथा सिँचाइ मन्त्रालय कृषि समितिको क्षेत्राधिकारभित्र थियो । प्रतिनिधिसभा नियमावली २०७९ मा कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिअन्तर्गत कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय, ऊर्जा मन्त्रालय, जलस्रोत तथा सिँचाइ मन्त्रालय र वन तथा वातावरण मन्त्रालय राखिएको छ।

GBIME

प्रतिक्रिया दिनुहोस्