Shikhar Insurance

ग्ल्याम नेपाल इन्टरनेसनलका अन्तिम २४ प्रतिस्पर्धी सार्वजनिक

सिंहदरबार संवाददाता
२०८० भाद्र १८, सोमबार १४:०९
NIMB
Nabil Bank

काठमाडौं । ग्याम नेपाल इन्टरनेसनलका अन्तिम २४ जना प्रतिस्पर्धी सार्वजनिक गरिएको छ । प्रारम्भ प्रडक्सनको आयोजनामा आयोजित कार्यक्रमकाबीच अन्तिम २४ जना प्रतिस्पर्धी सार्वजनिक गरिएको हो ।

जसमा आँचल शाह, उरूषा भण्डारी, स्वीकृतिराज भण्डारी, साइमन प्रेमा गिरि, संस्कृति भट्ट, साक्षी बास्तोला, राजश्री थापा, पूर्णिका सिजापति, पुजनी शाह, प्रज्ञा भण्डारी, पुरू लामा, नफिसा श्रेष्ठ, नविना डंगोल, मोनिषा अधिकारी, मानुसी गिरि, कृपा श्रेष्ठ, कामना काफ्ले, होलिस्का कोइराला, वर्षा भण्डारी, अर्विशा थापा, अनिशा शाही ठकुरी, अञ्जिला गिरि र अदिति अधिकारी छन् ।

Citizen Life
Kumar Bank
Nepal Life

प्रारम्भ प्रडक्सनका डाइरेक्टर पवन आचार्यले विश्वव्यापी रूपमा महिलाहरूको स्तरवृद्धि तथा क्षमता अभिवृद्धिका लागि ग्याम नेपाल इन्टरनेसनल आयोजना गरिएको बताए । उक्त प्रतियोगिताको फाइनल आगामी भदौ २९ गते हुनेछ ।

फेसन डिजाइनहरु अस्मिता रिमाल, प्रतिमा चौधरी, स्वयं गौतम, सविन दुंगाना, श्वेता प्रधान, सवि भण्डारी, रिना चौलागाईं, राजन शाह र आर्जो श्रेष्ठको डिजाइनमा निर्माण गरिएको कपडाको फाइनल सो भने भदौ ३० मा हुनेछ ।

ग्याल नेपाल इन्टरनेसनलको आयोजक समितिमा पवन आचार्य, अभिविन्द खनिया, सविता कार्की, ह्याप्पी आचार्य, आयुष केसी र सुश्मा कार्की रहेका छन् । यो तेस्रो संस्करण हो ।

GBIME

प्रतिक्रिया दिनुहोस्