Shikhar Insurance

विद्युत् प्राधिकरण इनरुवा वितरण केन्द्रका कर्मचारी अख्तियारको नियन्त्रणमा

सिंहदरबार संवाददाता
२०८० भाद्र २०, बुधबार ११:४५
NIMB
Nabil Bank

इनरुवा । सुनसरी सदरमुकाम समेत रहेको इनरुवामा रहेको नेपाल विद्युत् प्राधिकरण इनरुवा वितरण केन्द्रमा कार्यरत फोरम्यान विर्जुकुमार महतोलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोग इटहरीले मंगलबार नियन्त्रणमा लिएको छ ।

विद्युत् प्राधिकरणबाट उद्योगमा विद्युत् क्षमता वृद्धि गरिदिए बापत सेवाग्राहीसँग घुसररिसवत माग गरेको भनी गोप्य सूचनाका आधारमा अख्तियारको इटहरीबाट खटिएको टोलीले २५ हजार रूपैयाँसहित पक्राउ गरेको अख्तियारका केन्द्रीय प्रवक्ता भोला दाहालले जानकारी दिए।

Citizen Life
Kumar Bank
Nepal Life

प्राधिकरणबाट उद्योगमा विद्युत् क्षमता वृद्धि गरिदिए बापत सेवाग्राहीसँग घुसररिसवत लिएको अवस्थामा पक्राउ गरिएको उहाँले जानकारी दिए ।

मेहतालाई इनरुवा नगरपालिका–३ मा रहेको एक होलमा घुस रकम लिइरहेको अवस्थामा रु २५ हजारसहित रङ्गेहात पक्राउ गरिएको प्रवक्ता दाहालले जनकारी दिए।

GBIME

प्रतिक्रिया दिनुहोस्